
News Summary
Generated by OK AI. Editorially reviewed.- शाहरुख खानको फिल्म 'किङ' को एक्सन दृश्य छायांकन क्रममा मुम्बईमा चोट लागेपछि उनी उपचारका लागि अमेरिका गएका छन्।
- फिल्मको निर्माण स्रोतले भने, 'यो गम्भीर चोट होइन, तर मांसपेशीको समस्या हो' र चिकित्सकले शाहरुखलाई १ महिना आराम गर्न सल्लाह दिएका छन्।
- छायांकन रोकिएको छ र अर्को सेड्युल सेप्टेम्बर वा अक्टोबरदेखि सुरु हुने अपेक्षा गरिएको छ, जसले फिल्मको प्रदर्शन समयलाई असर गर्न सक्छ।
मुम्बई । शाहरुख खानको आगामी एक्सन-प्याक थ्रिलर फिल्म ‘किङ’ सन् २०२६ को बहुप्रतीक्षित फिल्ममध्ये एक हो । घोषणा भएदेखि नै फ्यान यो फिल्मलाई लिएर उत्सकुतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।
यतिबेला यो फिल्मलाई लिएर एक चिन्ताजनक खबर छ । बलिउड हंगामाको एक रिपोर्टअनुसार शाहरुख मुम्बईको गोल्डेन टोब्याको स्टुडियोमा भैरहेको ‘किङ’को एक्सन दृश्य छायांकन क्रममा घाइते भएका छन् ।
चोटपटकको विवरणलाई गोप्य राखिएको छ । यद्यपि, स्रोतका अनुसार उपचारको लागि उनी अमेरिका उडेका छन् ।
‘यो गम्भीर चोट होइन, तर मांसपेशीको समस्या हो’ फिल्मको निर्माण स्रोतले भन्यो, ‘वर्षौैंदेखि, शाहरुखलाई स्टन्टको काम गर्दा धेरैपटक चोट लागेको छ । उच्च तनावको कारणले जस्तो देखिन्छ ।’
शाहरुखको टिमले उत्कृष्ट उपचार खोज्दै अमेरिका जाने निर्णय गरेको जनाइएको छ । घटनापछि चिकित्सकले शाहरुखलाई १ महिना पूर्णरुपमा आराम गर्न सल्लाह दिएका छन् ।
शाहरुखलाई चोट लागे लगत्तै छायांकन रोकिएको छ । अगस्ट महिनाको लागि यशराज स्टुडियो, फिल्म सिटी र गोल्डेन टोब्याको स्टुडियोलाई बुक गरिएको थियो । अर्को सूचना नआएसम्म यो बुकिङ रद्द गरिएको छ ।
अर्को सेड्युल सेप्टेम्बर वा अक्टोबरदेखि सुरु हुने अपेक्षा गरिएको छ ।
शाहरुखको यो फिल्ममा अभिषेक बच्चन, रानी मुखर्जी, दीपिका पादुकोण, अर्शद वारसी, अभय वर्मा, अनिल कपूर, ज्याकी श्राफ, राघव जुयाल, जयदीप अहलावत, सौरभ खान र शुक्ला खान लगायतका विशाल कलाकारहरू छन् ।
सन् २०२६ को गान्धी जयन्तीमा फिल्म प्रदर्शन हुने अपेक्षा छ । छायांकन रोकिएकाले टाइमलाइन प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4