Comments Add Comment

एसईई प्रश्नपत्र आउट गर्नेहरुलाई प्रहरीले सार्वजनिक गर्दै

२१ चैत, काठमाडौं । एसईई प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नहरुलाई प्रहरीले आज सार्वजनिक गर्दैछ । जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्न लागिएको हो ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालको उपस्थितिमा दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने सप्तरीका डीएसपी भावेष रिमालले जानकारी दिए ।

१४ र १५ चैतमा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो । त्यसको अध्ययन गर्न सीआईबीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा प्रहरीकै संलग्नतामा किनबेच भएको पत्ता लागेको छ ।
यो पनि पढ्नुहोस प्रदेश २ को एसईई परीक्षा स्थगित गर्ने सरकारको निर्णय

सीआईबीका एक उच्च अधिकारीका अनुसार प्रश्नपत्र आउट गर्ने काममा संलग्न भएको आशंकामा इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डलसहित आठ जना पक्राउ परेका छन् ।

लगातार दुई दिन प्रश्नपत्र आउट भएपछि केन्द्र सरकारले प्रदेश २ को एसईई परीक्षाको नियमित तालिका स्थगित गरी पुनः परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार प्रदेश २ मा यही चैत २२ गतेदेखि परीक्षा सुरु हुनेछ ।
यो पनि पढ्नुहोस एसईई प्रश्नपत्र आउट प्रकरण : सिरहामा फोटो खिचियो, सप्तरीमा बेचियो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment