+
+
Shares

रणवीर कपुरको जोडी जान्वी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २१ गते ११:१९

लव रन्जनको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रका लागि बलिउड नायकद्धय रणवीर कपुर र अजय देवगण पक्का भइसकेका छन् । यो चलचित्रमा रणवीरको जोडीको रुपमा नायिका दीपिका पादुकोण रहने हल्ला चलिरहेको थियो । तर, उक्त कुरा मिथ्या सावित गर्दै चलचित्रमा जान्वी कपुरले इन्ट्री मारेकी छिन् । यो चलचित्रमा जान्वी रणवीरको जोडी बन्नेछिन् । अजयको जोडी भने निर्माण युनिटले खोजी गरिरहेको छ ।

नाम तय भइनसकेको यो चलचित्रको हाल प्रोडक्सनमा काम भइरहेको छ । एक्सन जनरामा निर्माण हुन लागेको यो चलचित्रमा निर्देशक रन्जनकै लगानी रहने छ । निर्देशक रन्जनका अनुसार चलचित्रमा लभ, रोमान्स, एक्सन देखि सम्पूर्ण खुराक हुनेछ ।

चलचित्रको छायांकन डिसेम्बरबाट सुरु गरिने बताइएको छ । सन् २०२० को अप्रिलसम्म चलचित्रको पूर्ण काम सक्ने तयारीमा निर्माण युनिट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?