Comments Add Comment

नयाँ अवतारमा आउँदैछ नोकियाको ११०० मोडेल

Nokia-Smartphone

सायद तपाइँ हामीमध्ये धेरैले आफ्नो पहिलो मोबाइलको रुपमा नोकियाको ११०० मोडेलको फिचर फोन प्रयोग गरेका थियौँ होला । धेरैको मानसपटलमा यो फोनको गुन अझै बाँकी नै छ होला, किनकी यो निकै बलियो तथा गुणस्तरीय फोन थियो ।

सन् २००३ मा बजारमा आएको यो फोन नोकियाको सबैभन्दा सफल फोन थियो र विश्वभरमा २५ करोड जनाले यो मोबाइल किनेको नोकियाको तथ्यांक छ । नोकियाका अनुसार नोकिया ११०० मोबाइल विश्वमा अहिलेसम्मकै सबैभन्दा लोकपि्रय फोन हो ।

तर थप फिचर्स तथा क्षमता सहितका फिचर फोन र स्मार्टफोनको आगमन सँगै कुनै समयको सर्वाधिक लोकपि्रय ११०० मोडेलको मोबाइल झण्डै लोप नै भयो ।
लोप भैसकेको यो लोकपि्रय मोडेलको फोन अहिले फेरि चर्चामा आएको छ । नोकियाले ११०० मोडेलकै नामबाट एन्ड्रोइडको सबैभन्दा पछिल्लो भर्सन एन्ड्रोइड ललिपप अपरेटिङ सिस्टमयुक्त स्मार्टफोन उत्पादन गरेको समाचारले नोकिया प्रेमीहरुलाई तरंगित बनाएको छ ।

नोकियाको पुरानो ११०० मोडेल
नोकियाको पुरानो ११०० मोडेल

प्रोसेसर बेन्चमार्किङ प्रोग्राम गिकबेन्चले आफ्नो वेबसाइट मार्फत नोकियाको पूरानो नाउँका नयाँ स्मार्टफोनको बारेमा खुलासा गरिदिएको हो ।
गिक बेन्चका अनुसार नोकिया ११०० मा एन्ड्रोइड भर्सन ५ रहेको छ । साथै यसमा मेडियाटेक एमटी ६५८२ को क्वाडकोर प्रोसेसर रहेको छ जसमा हरेक कोरको स्पीड १.३ गिगाहर्ज रहेको छ । साथै यो स्मार्टफोनमा ५१२ एमबीको र्याम रहेको छ ।

गिकबेन्चले नोकिया ११०० का थप हार्डवेयर फिचर्सका बारेमा भने केही खुलाएको छैन । यद्यपि यसको कर्टेक्स-ए सेभेन प्रोसेसरको आधारमा नोकियाको नयाँ स्मार्टफोनमा थ्री जी, उच्च ब्याट्री लाइफ, वाइफाइ, ब्लुटुथ तथा जिपिएस लगायतका सुविधा हुने पक्का छ । यसका साथै यसमा १२८० गुणा ७२० एचडी डिस्प्ले कन्ट्रोलर, ८ मेगापिक्सेल इमेल सिग्नल प्रोसेसर तथा १०८० पिक्सेल फूल् एचडी भिडियो रेकर्डिङको फिचर्स रहेको बताइएको छ ।

यद्यपि नोकियाले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन, तथापि उसले आफ्नो पूरानो ब्राण्ड नामबाट नयाँ एन्ड्रोइड स्मार्टफोन उत्पादनको तयारी गरिरहेको देखिएको इन्टरनेसनल बिजनेस टाइमले जनाएको छ ।

माइक्रोसफ्ट कम्पनीलाई आफ्नो मोबाइल बिजनेस बिक्रि गरेको फिनिस कम्पनी नोकियाले बिक्रि सर्त अनुसार सन् २०१६ सम्म आफ्ना कुनै नयाँ स्मार्टफोनको बजारीकरण गर्न पाउनेछैन । त्यसैले नोकिया ११०० स्मार्टफोन सन् २०१६ को अन्त्यतिर मात्र बजारमा ल्याउने तयारीमा नोकिया रहेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment