+
+

करोडौँको केरा क्षति भएपछि चितवनमा बाली बीमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २५ गते १३:२५

agree-4२५ फागुन, चितवन । चितवनमा पहिलो पटक किसानले बाली बीमा गर्न थालेका छन् । यो वर्षबाट किसानले बीमा गर्न थालेको जिल्ला कृषि विकास कार्यालय चितवनले जानकारी दिएको छ ।
कार्यालयका बागबानी विकास अधिकृत धनबहादुर थापाले अहिलेसम्म जिल्लाका २५ जना किसानले बीमा गरेको जानकारी दिए ।

उनीहरु सबै केरा किसान रहेको र अन्यले पनि बीमाका लागि जानकारी लिने क्रम बढिरहेको उनले बताए । सरकारले बिमामा भारी रकम छुट दिने व्यवस्था गरेपछि किसानले कृषि बीमा सुरु गरेका हुन् ।

स्थानिय केरा किसान यज्ञ सुवेदीले दुई बिघाहाको बीमा गर्ने प्रक्रियामा रहेको बताए । अन्य केरा व्यवसायीले १० बिघाहासम्मको बिमा गरिसकेको सुवेदीको भनाई छ । अहिलेसम्म करिब दुई करोड रूपैयाँको केराको बीमा भइसकेको बताइएको छ ।

चितवनमा ५०० केरा किसान छन् । मुख्यगरी अघिल्ला वर्षमा हावाहुरीका कारण करोडौँ रूपैयाँको केरा क्षति भएपछि किसान बीमातर्फ आकर्षित भएका हुन् । सरकारले कृषि बीमा गर्न चाहने किसानका लागि अघिल्लो वर्ष कुल बीमाको ५ प्रतिशत प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको थियो ।

यो वर्ष बढाएर ७५ प्रतिशत पुर्‍याइएको र त्यसमा पनि समूह या सहकारीमार्फत बीमा गरिए प्रिमियम शुल्कमा १५ प्रतिशत कमिशनबापत छुटको व्यवस्था गरेको छ ।

यसवर्ष कृषिमा बजेट बढेको र अनुदानका कार्यक्रम पनि बढेकाले किसानलाई सचेत हुन कृषि कार्यालयले आग्रह गरेको छ । बीमाले क्षति न्यूनीकरणका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसवर्ष चितवनको कृषि कार्यालयमा ७९ प्रतिशतले बजेट वृद्धि भएपछि कार्यालयले जिल्लाबाटै विभिन्न कार्यक्रम समेत सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?