+
+

इन्सपेक्टर दीक्षान्त समारोह : उत्कृष्ट भएका ४ इन्सपेक्टर पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १६:५७

११ जेठ, काठमाडौं । प्रहरी निरीक्षक आधारभुत तालिम १–१८२औं ब्याचको दिक्षान्त समारोहमा उत्कृष्ट भएका चार इन्सपेक्टर पुरस्कृत भएका छन् ।

पोष्ट ग्रयाजुयट डिप्लोमा इन पुलिस साइन्सको १३ औं ब्याचका चार उत्कृष्ट प्रशिक्षार्थीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कृत गरेका हुन् ।

तालिममा सर्वप्रथम तथा कवाज प्रथम हुन सफल प्रशिक्षार्थी इन्सपेक्टर पवनकुमार परियारलाई स्वर्गीय ‘कुलानन्द विद्या सर्वप्रथम पुरस्कार’ प्रदान गरियो ।

सर्वद्वितीय एवम् प्रहरी युक्ति तथा कारवाहीतर्फ प्रशिक्षार्थी इन्सपेक्टर सगुन खड्का प्रथम भए ।

सर्वतृतीय तथा अध्ययनतर्फ प्रथम भएका प्रशिक्षार्थी इन्सपेक्टर आयुष ढुङ्गाना पनि पुरस्कृत भए । मस्केट्री तथा चाँदमारी प्रथम एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी इन्सपेक्टर गोकुल कुमार धानुकलाई प्रधानमन्त्री प्रचण्डले पुरस्कृत गरे ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा शुक्रबार सम्पन्न भएको दिक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्डले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेको हरेक जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?