+
+

सभामुख सत्ताको इसारामा चल्नुभयो : प्रदीप पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १७:०८

११ जेठ, काठमाडौं । नेपाली कंग्रेसका सांसद प्रदीप पौडेलले संसदमा बोल्न नपाएको गुनासो गरेका छन् ।

शुक्रबारको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले बोल्न माग गर्दा सभामुख देवराज घिमिरिेले नदिएको बताए ।

‘संसद प्रतिपक्षको हुन्छ भन्ने आम संसदीय मान्यतालाई नेपालको संसदले उल्लघंन गरेको छ’ उनी थप्छन्, ‘सभामुखले प्रतिपक्षलाई बोल्नबाट रोक्नुभएको छ ।’

विगतमा सभा सुरु हुनु अगाडि प्रतिपक्षको सांसदले बोल्न पाएको तर, पछिल्लो समय सभामुखले विगतको अभ्यास उल्लघंन गरेको उनको भनाइ छ ।

सांसद पौडेल भन्छन्, ‘संसद एकलौटी ढंगबाट चलाउने, जबरजस्त गर्ने, सभामुख सम्पूर्ण रुपमा सत्ताको इशारामा चल्ने स्थिति बनेको छ ।’

सरकारबाट संसदमा समस्या सिर्जना गर्ने काम भएको पनि उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?