News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस नेपालकै सबैभन्दा बढी सदस्य भएको पार्टी बन्न लागेको दाबी गरेका छन्।
- महामन्त्री पौडेलले पार्टीका सबै सदस्यहरूलाई डिजिटल नेटवर्कमा जोड्ने कार्य भइरहेको र यसबाट सूचना प्रवाहमा सहजता आउने बताएका छन्।
- उनले डिजिटल नेटवर्कको प्रयोगले पारदर्शिता बढ्ने र नेतृत्वसँग समन्वय गर्न थप सजिलो हुने कुरामा जोड दिएका छन्।
७ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपालकै सबैभन्दा बढी सदस्य भएको पार्टीको रुपमा आफ्नो पार्टी बन्दै गरेको दाबी गरेका छन् ।
बीपी कोइरालाको ४४ औं स्मृति दिवसमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
आफ्नो पार्टीले डिजिटल नेटवर्कभित्र सूचना हालिदिएपछि त्यो सूचना सबैतिर पुग्नेगरी नेटवर्क बनाएको उनको भनाइ छ ।
‘अब केन्द्रीय कार्यालयले सदस्यहरूलाई सूचना पुर्याउनका निम्ति विज्ञापन गरिरहनुपर्दैन । डिजिटल नेटवर्कभित्र सूचना हालिदिएपछि त्यो सूचना सबैतिर पुग्छ,’ महामन्त्री पौडेलले भने, ‘त्यसैले अब नेपालमा सबैभन्दा बढी सदस्य भएको पार्टी नेपाली कांग्रेस बन्दैछ ।’
सबै सदस्यहरू डिजिटल नेटवर्कमा जोडिएको अवस्था बन्ने र सबै सदस्य डिजिटल नेटवर्कमा जोडिएको पहिलो पार्टी नेपाली कांग्रेस बन्न लागेको जिकिर उनको थियो ।
‘त्यतिमात्रै होइन, आजको दुनियाँमा त्यो संस्थामात्रै धनी हुन्छ, सम्पन्न हुन्छ, त्यो संस्थामात्रै सफल हुन्छ । नेपाली कांग्रेससँग अब उसका सबै सदस्यहरू डिजिटल नेटवर्कमा जोडिएको अवस्था बन्नेछ,’ पौडेलले भने, ‘सबै सदस्यहरू डिजिटल नेटवर्कमा जोडिएको एकमात्रै पार्टी नेपाली कांग्रेस बन्दैछ । यसमा हामीले गर्व गर्न जरुरी छ । पारदर्शीताको सन्दर्भमा होस् वा सदस्यको नेतृत्वसँग समन्वय गर्ने सन्दर्भमा होस् धेरै कुरामा हामीलाई सजिलो हुनेछ ।’
प्रतिक्रिया 4