६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र हुकुमी शासन जन्मिएको टिप्पणी गरेका छन् । बुधबार प्रज्ञा भवनमा बीपी कोइरालाको ४४ औं स्मृति दिवसमा आयोजित कांग्रेसको संस्थापन इतर समूहको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
‘नेपाली कांग्रेस पनि कताकता हुकुमी शासनको तरिकाले चलिराखेको मैले महशुस गरिराखेको छ,’ कोइरालाले भने ।
वडा सभापतिहरू बिना स्पष्टीकरण, बिना सोधपुछ अद्यावधिक किन नगरेको, किन नगराएको नाममा निकालिएको उनले बर्ता । ‘त्यो हामीहरू कसैलाई पनि सह्य हुनसक्दैन । किनभने निरंकुशताको अन्त्यका लागि नेपाली कांग्रेसको जन्म भएको हो,’ उनले भने, ‘नेपाली कांग्रेसभित्र निरंकुशता जन्म भइरहेको छ । त्यसको अन्त्य हामीले गर्नुपर्ने जरुरी छ ।’
पार्टी सञ्चालन र एकताका विषयमा गम्भीर बन्न उनले सभापति गगन थापासँग आग्रह गरे ।
प्रतिक्रिया 4