Comments Add Comment

 स्पेनको परिवर्तित नियम कानूनबारे स्पेनमा अन्तरक्रिया गरिने

बसन्त रानाभाट

बार्सिलोना । नेपाली जनसम्पर्क समिति स्पेनले नेपाली समुदाय माझ स्पेनको परिवर्तित नियम र कानूनकोबारेमा जानकारी गराउने भएको छ। स्पेनस्थित कानून ब्यवसायी (अधिबक्ता) को उपस्थितिमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै समुदाय माझ उपयोगी सूचना प्रवाह गर्न लागेको हो।

अबैधानिक रुपमा रहेका नेपालीहरुलाई बैधानिक बन्ने प्रक्रिया अन्तर्गत भएका फेरबदल,परिबार पुनर्मिलन लगायत स्पेनको परिवर्तित नियमबारे सबैलाई जानकारी होस् भन्ने उदेश्यले कार्यक्रम गर्न लागेको समितिले जनाएको छ।

समितिका अध्यक्ष शालिकराम डुम्रेले गत बर्ष गरेको कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिन लागेको बताएका छन्। उनले भने “अप्रिल महिनाभित्र कार्यक्रम गर्ने निर्णय गरेका छौ तर अझै अगाडि सम्पन्न गर्ने कोशिस गर्छौ, बेला बखतमा नियम प्रक्रिया परिबर्तन हुने हुँदा अहिलेको अबस्थाको बारेमा अधिबक्तासँग छलफल गर्दै नेपाली समुदायलाई जानकारी गराउने छौ।”

सोमबार बार्सिलोनामा बसेको नियमित बैठकले नेपाली नयाँ बर्ष २०७२ को उपलक्ष्यमा आयोजना गर्न लागेको शुभकामना तथा साँस्कृतिक कार्यक्रम तयारीका लागि उपाध्यक्ष बिष्णु रिजाललाई संयोजकको जिम्मेबारी दिएको छ। कार्यसमितिका सबै सदस्यहरु रहने गरि बनेको तयारी समितिमा, सांस्कृतिक कार्यक्रमको लागि सुबासबहादुर बिष्ट, हल ब्यबस्थापनमा एकराज गिरी, मंच तथा स्वयंसेवकतर्फ हिरालाल सापकोटा (डायमण्ड), खानपिनमा इन्द्रप्रसाद शर्मा र प्राबिधिकतर्फ उमेशप्रसाद अधिकारीलाई जिम्मेवारी दिएको छ।

बैठकले पत्रकार बसन्त रानाभाटलाई अनलाईनखबर डटकमले स्पेन प्रतिनिधिको रुपमा जिम्मेवारी दिएकोमा सत्यतथ्य समाचार सम्प्रेषण गर्न उत्साहित गर्दै बधाई तथा शुभकामना प्रकट गरेको छ।

यस्तै राजदुताबास स्थापनाको माग गर्दै नेपाल पुगेर सरकारलाई ज्ञापनपत्र बुझाउन सफल भएकोमा समितिका पूर्ब अध्यक्ष एकराज गिरी, सह महामन्त्री प्रकाश भट्टराई र पूर्ब सदस्य सन्दिपमोहन भट्टराईलाई कृतज्ञता ब्यक्त गर्दै धन्यबाद ज्ञापन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment