२६ फागुन, काठमाडौं । फोर्ड गाडीको नेपालका लागि आधिकारिक बिक्रेता गो फोर्डले नारी दिवसको अवसर पारेर स्पेशल अफर ल्याएको छ ।
अफरअन्तर्गत फोर्ड गाडी खरिद गर्ने महिलाहरुले स्पेशल छुट र आकर्षक गिफ्ट हृयाम्पर हात पार्नेछन् । गिफ्ट हृयाम्परमा कस्मेटिक्स समान हुने बताइएको छ ।
फोर्डको कुनै पनि मोडल बुकिङ वा खरिद गर्दा छुट र गिफ्ट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
त्यसैगरि, फोर्डको शो-रुममा प्रवेश गर्ने हरेक महिलालाई कस्मेटिक्स गिफ्ट प्रदान गर्ने कम्पनीले जनाएको छ । यो योजना ८ मार्चबाट सुरु भई १३ मार्चसम्म चल्ने छ ।