Comments Add Comment

गरिमालाई ‘के भो आज भोली’ ?(भिडियो)

garima-panta

नायिका गरिमा पन्त म्यूजिक भिडियोमा कमै मात्र देखिन्छिन् । चलचित्रमा सफल मानिएकी गरिमालाई अब भिडियो क्रेजले पनि छोएको छ । हालै मात्र उनले प्रशन्न पौडेलले निर्देशन गरेको एक म्यूजिक भिडियोमा काम गरेकी छिन् ।

‘स्माइल’ एल्बममा समावेश ‘के भो आज भोली’ बोलको गीतमा गरिमाले मोडलिङ गरेकी हुन् । स्मिता घिमिरे र जोहेब मानन्धरको स्वरमा समावेश यो गीतमा जोहेबकै शब्द तथा संगीत छ ।

भिडियोमा निर्देशक पौडेलले गरिमालाई चलचित्रकै नायिकाको रुपमा प्रस्तुत गरेका छन् । भिडियोमा गरिमालाई मोडल श्रृजलले साथ  दिएका छन् । भिडियोमा विदुर पाण्डेको छायांकन, प्रकाश तुलाधरको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment