Comments Add Comment

भारतको पाँचौ जित, आयरल्याण्डको सुपर एट केही कठिन

२६ फागुन, काठमाडौं । ओपनर शिखर धवनको शतकको मदतमा भारतले विश्वकप क्रिकेटमा आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको छ । विश्वकपमा भारतको यो लगातार पाँचौं जित हो । हारसँगै एशोसिएट नेशन आयरल्याण्डको सुपर एट केही कठिन देखिएको छ ।

Shikhar Dhawan

  • भारतीय व्याट्सम्यान शिखर धवन । तस्वीर : आईसीसी

जारी विश्वकपमा आफूले पाएको सबैभन्दा ठूलो २६० रनको लक्ष्य भारतले #६.५ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

भारतको सुरुवात उत्कष्ट रहृयो । ओपनर शिखर धवन र रोहित शर्माले पहिलो विकेटका लागि १७४ रनको साझेदारी गरे । यो विश्वकपमा भारतको अहिलेसम्मकै उत्कृष्ट ओपनिङ हो । यसअघि १९९६ मा केन्याविरुद्ध सचिन तेन्दुलकर र जडेजाले १६३ रनको साझेदारी गरेका थिए ।

पहिलो विकेटका रुपमा रोहित शर्मा ६४ रनमा आउट भए । थप १६ रन जोड्दा धवन १०० रनमा पभेलियन फर्किए । उनको विश्वकपमा दोस्रो शतक हो ।

भारतका लागि विराट कोहली र अजिन्क्या राहाणेले तेस्रो विकेटका लागि अविजित ७० रनको साझेदारी गर्दै भारतलाई जित दिलाए । कोहली ४४ र रहाणे ३३ रनमा अविजित रहे ।

भारतका दुबै विकेट स्टुआर्ड थम्पसनले लिएका थिए ।

यसअघि हृयामिल्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको आरयरल्याण्डले अन्तिम ओभरको खेल अघि सबै विकेट गुमाएर २५९ रन बनायो । यो जारी विश्वकपमा भारतले पाएको सबैभन्दा ठूलो लक्ष्य हो ।

उसको सुरुवात भने राम्रो भएपनि मध्य क्रमका ब्याट्सम्यान चल्न सकेनन् । विलियम पोर्टरफिल्ड र पल स्टर्लिङले पहिलो विकेटका लागि ८९ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरे ।

स्टर्लिङ ४२ रनमा आउट भए । थप १२ रन जोड्दा आयरल्याण्डले दोस्रो विकेट गुमायो । तर, विलियमले तेस्रो विकेटका लागि नायल आब्रायनसँग ५३ रनको महत्वपूर्ण साझेदारी गरे । विलियम पोर्टरफिल्ड ६७ रनमा पभेलियन फर्किए । ९३ बलको सामना गरेका उनले पाँच चौका र एक छक्का हाने ।

ओब्रायनले एण्डी बाल्बेर्नीसँग चौथो विकेटका लागि ६१ रनको साझेदारी गर्दै आयरल्याण्डको पारी सम्हाल्ने प्रयास गरे । आयरल्याण्डको स्कोर २०६ रन हुँदा चौथो विकेटका रुपमा बाल्बेर्नी २४ रनमा आउट भएपछि भने उसको पारी धरासायी भयो ।

२१ रन जोड्दा ५ विकेट गुमायो । २०८ मा केबिन ओब्रायन आउट भए । २२२ को स्कोर विल्सन जडेजाको शिकार भ एभने २२६ मा नील ओब्रायन ७५ रन बनाएर पभेलियन फर्किए । २२७ रना आठौं विकेटका रुवमा थोम्पसन रन आउट भए ।

२३८ रनमा नवौं विकेट गुमाएको आयरल्याण्ड अन्तिम ओभर खेल्नुअघि २५९ रनमा अलआउट भयो । यससँगै भारतले विश्वकपका सबै खेलमा विपक्षी टीमलाई अल आउटको रेकर्ड बनायो ।

भारतका मोहम्मद सामीले ३ विकेट लिए । आर अश्वीनले २ विकेट हात पारे ।

सुपर एटका लागि जित्नै पर्ने दबाव

समूह चरणको अन्तिम खेल खेल्नुअघि भारत १० अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका, पाकिस्तान र आयरल्याण्डको समान ६ अंक छ भने वेष्टइण्डिजको ४ अंक छ ।

जिम्बावे र यूएई भने समूह चरणबाटै घर र्फकने पक्का भइसकेको छ । समूह चरणको अन्तिम खेलमा आयरल्याण्डले पाकिस्तान, वेष्टइण्डिजले यूएई र दक्षिण अफि्रकाले पनि यूएईसँग खेल्नेछ ।

यस्तोमा वेष्टइण्डिज र दक्षिण अफि्रकाले यूएईले हराउने प्रबल सम्भावना रहेकाले सुपर एटका लागि आयरल्यायण्डले पाकिस्तानलाई हराउनै पर्ने हुन्छ । यसो भएमा वेष्टइण्डिज र पाकिस्तान मध्ये एक टीम सुपर एटमा पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment