Comments Add Comment

‘घन्टी बज्यो’का गीतकारलाई बालिका बलात्कारको आरोप

dinesh-subediयतिबेला चलचित्र ‘हवल्दार सुन्तली’को ‘घन्टी बज्यो’ बोलको गीत सर्वाधिक चर्चित छ । यो गीत लेख्ने गीतकार हुन्, दिनेश सुवेदी । तर, उनै सुवेदीलाई भने एक ९ बषिर्य बालिका बलात्कारको आरोप लागेको छ ।

पेशाले उनी शिक्षक पनि हुन् । उनलाई मकवानपुरको दामन पालुङमा अवस्थित सेती गणेश माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्यनरत एक बालिका बलात्कार गरेको आरोप लगाउँदै गाउँलेले कालोमोसो दलेका छन् ।

उनलाई गाउँलेले कालोमोसो दल्दा प्रहरीले रोक्ने प्रयास गरेको बताइन्छ । तर, गाउँलेको भिड नियन्त्रण गर्न प्रहरीलाई पनि गाह्रो भएको  थियो । बालिकाका अनुसार दिनेशले कसैलाई पनि नभन्नु भन्दै उनलाई फकाएका थिए ।

वुधबार परिवारले थाहा पाएपछि घटना सार्वजनिक भएको हो । गीतकार तथा शिक्षक सुवेदीले चलचित्र ‘जंजिर’, ‘एउटा साथी’, ‘हिम्मतवली’ लगायतका चलचित्रमा गीत लेखेका छन् । उनी केही दिन अघिको होली पर्वमा निर्माता छविराज ओझाको कार्यलय ‘नमस्ते नेपाल’मा रंगमा रमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment