Comments Add Comment

बाग्लुङ १ मा नवीन चन्द्रलाई उम्मेदवार बनाउने राप्रपा नेपालको निर्णय

२८ फागुन, काठमाडौं । बाग्लुङ १ मा हुने उपचुनावमा राप्रपा नेपालले नवीन चन्द्र सर्वुजा थापामगरलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठकले पार्टीको जिल्ला अध्यक्ष थापामगरलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

बाग्लुङ १ मा चैत २८ गते उपचुनाव हुँदैछ । कांग्रेसका तत्कालीन सभासद हरिबहादुर खड्काको दुर्घटनामा निधन भएपछि उपचुनाव हुन लागेको हो ।

कांग्रेसले खड्का पत्नी चम्पादेवीलाई उम्मेदवार बनाएकोछ । एमालेले मन केसी र एमाओवादीले दिनानाथ शर्मालाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment