+
+

यसरी गर्न सकिन्छ मृत मुटु प्रत्यारोपण

डिसी । मृत व्यक्तिको ‘मृत मुटु’ निकालेर सफल प्रत्यारोपण गरेका मुटु रोग विशेषज्ञ डा. कुमुद धितालसँग अमेरिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । डा. धितालले केही समयअघि मृत व्यक्तिको ‘मृत मुटु’ निकालेर प्रत्यारोपण गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २९ गते १०:५२

विजय  थापा 

 डिसी । मृत व्यक्तिको ‘मृत मुटु’ निकालेर सफल प्रत्यारोपण गरेका मुटु रोग विशेषज्ञ डा. कुमुद धितालसँग अमेरिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । डा. धितालले केही समयअघि मृत व्यक्तिको ‘मृत मुटु’ निकालेर प्रत्यारोपण गरेका थिए ।

dr kumudअमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासिया(नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)को आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा डा कुमुद धितालले मृत मुटु प्रत्यारोपण सम्बन्धमा जानकारी गराए ।

अष्ट्रेलियाको सेन्ट भिन्सेन्ट अस्पतालका कार्डियोथोरासिक शल्य चिकित्सक कुमुद धितालले मुटु प्रत्यारोपणमा गरेको ऐतिहासिक कामले विश्व चिकित्सा जगतमा उनको चर्चा छ ।

 चिकित्सक धितालले मृत्यु भई सकेको  व्यक्तिको मुटु अर्को व्यक्तिमा सफल प्रत्यारोपण गर्ने काम चौथो पटक सफलतापूर्वक सम्पन्न गरिसकेको जानकारी दिए ।

 मृत व्यक्तिको ‘मृत मुटु’ निकालेर विशेष यन्त्रमा राखी पुनजिर्वित पारेपछि विरामी व्यक्तिमा प्रत्यारोपण गर्ने डा. कुमुद धिताल विश्वमै पहिलो चिकित्सक भएकोमा अमेरिकाका नेपाली समुदायले शुभकामना ब्यक्त गरेका थिए ।

 मृत व्यक्तिको ‘मृत मुटु’ निकालेर विशेष यन्त्रमा राखी पुनजिर्वित पारेपछि विरामी व्यक्तिमा प्रत्यारोपण गर्ने डा.कुमुद धिताल विश्व कै पहिलो चिकित्सक हुन् ।

 ‘ब्रेन डेथ’ भइसकेका तर, मुटु चल्न बन्द नभएका व्यक्तिको मुटुलाई मात्र विरामी व्यक्तिमा प्रत्यारोपण गर्न सकिने भए पनि मुटुको गति समेत बन्द भइसकेका मृतकको मुटुलाई पुनः धड्किन सक्ने बनाएर प्रत्यारोपण गर्ने यो नयाँ प्रविधि भएको डा धितालले  बताए । जसको कारणले मुटुका विरामीहरुको आयु लम्बाउने सम्भावना पनि हुने उनले बताए ।

मुटु प्रत्यारोपण गर्न रगत समुह मिल्नु पर्ने भन्दै बिगतमा चिम्पाङजीमा मुटु प्रत्यारोपण गरेको तर २ घण्टामा मरेको उल्लेख गरे । अस्ट्रेलियाको सेन्ट भिन्सेन्ट अस्पतालले भिक्टर चाङ कार्डियाक रिसर्च इन्स्टिच्यूटको सहयोगमा यो प्रत्यारोपण गरेको पनि उनले बताए ।

डा धितालले नयाँ प्रविधिले गर्दा यो सम्भव भएको बताउदै मृत मुटु’ प्रत्यारोपणका लागि सघन रुपमा अनुसन्धान गरेर यो सफलता हात लागेको जानकारी दिए ।

‘हर्ट इन अ बक्स’ भनिने यन्त्र बनाउन सफल भएको भन्दै “मृतकको मुटु निकालेर ‘हर्ट इन अ बक्स’ मा राखेर त्यसलाई विशेष प्रणालीमा जोडी पुनः चलायमान बनाइने उनले जानकारी दिए ।

अहिलेसम्म मृत्यु भएको ३० मिनेटभित्र मुटु निकालेर चलायमान बनाउन सकिएता पनि यो अवधि अझै लम्ब्याउन सकिने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?