+
+

काठमाडौंको फोहोर टेकुमा थुपारियो, सिसडोल कटाउन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २ गते १८:१६

२ चैत, काठमाडौं । चार दिनदेखि उठ्न नसकेको काठमाडौंको फोहोर सोमबारबाट उठ्न थालेको छ । तर, काठमाडौंमा संकलित फोहोर नुवाकोटस्थित डम्पिङ साइटसम्म पुर्‍याउन अझै सकिएको छैन ।

kathmandu fohor (15)

  • कर्मचारी आन्दोलनका कारण सडकमै फोहर थुप्रिँदा राजधानी दुर्गन्ध फैलिएको थियो

नुवाकोटको सिसडोलमा फोहोर बोक्ने ट्रकले किचेर मारिएका बालकको ‘ब्लड मनी’ मागेर स्थानीय बासिन्दाले आन्दोलन गरिरहेको र त्यसमा सम्बद्ध पक्षबीच सम्झौता हुन नसकेकाले काठमाडौंमा संकलित फोहोर टेकुमै राखिएको छ ।

फोहोर नउठ्दा राजधानी दुर्गन्धित हुन थालेपछि सोमबार महानगरपालिकाका आन्दोलित कर्मचारी र कार्यकारी अधिकृतबीच तीनबुँदे सहमति भएपछि सफाइ कर्मचारीले घरघरबाट फोहोर संकलन थालेका छन् ।

फागुन २७ गते ‘परिवर्तन नेपाल’ नामक संस्थाको फोहोर बोक्ने गाडीले बच्चालाई किचेर मारेपछि सिसडोलका स्थानीयले आन्दोलन थालेका थिए ।

स्थानीयले फोहोर बोक्ने गाडीलाई निशाना बनाएका थिए । ल्याण्डफिल साइडसम्म जाने सवारी साधन वीचैमा रोकिएका कारण काठमाडौंको फोहोर टेकुबाट उठाउन सोमबारसम्म सकिएको छैन ।

स्थानीय निकाय कर्मचारी संघ महानगर इकाइका उपाध्यक्ष शम्भु बरालका अनुसार तत्काल संकलित फोहोर टेकुमै राख्ने र सिसडोलमा स्थायी सुरक्षा क्याम्प खडा गर्ने कार्य थालनी भएको लिखित जानकारीपछि नुवाकोटमा फोहोर फाल्ने कार्य सुचारु हुनेछ ।

मृतक वालकका परिवारलाई क्षतिपूर्ति दिने र दोषीमाथि कारवाहीको प्रतिवद्धतापछि सिसडोलबासीले आन्दोलन फिर्ता लिने विश्वास महानगरपालिकाका कर्मचारीहरुको छ ।

त्यस्तै महानगरपालिकाका गाडी तोडफोड गर्ने दोषीलाई कारवाही गरी फौजदारी अभियोगअनुरुप कारवाही अघि बढाउनुपर्ने मागसमेत  महानगरका कर्मचारीले गरेका छन् । उनीहरुले महानगरको क्षति भएको सम्पत्तिको क्षतिपूर्ति भराउनुपर्ने बताएका छन् ।

सिसडोलका बासिन्दाले महानगरपालिकाका गाडीमाथि आक्रमण गर्दा चार करोडभन्दा बढीको क्षति भएको र महानगरका कर्मचारी असुरक्षित भएको भन्दै काठमाडौंको फोहोर संकलन कार्य बन्द गरिएको कर्मचारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?