Comments Add Comment

विश्वकप क्रिकेटका १० रोचक घटना

जारी विश्वकप क्रिकेटमा लिग चरणका खेल सकिइसक्दा प्रसस्तै किर्तिमान बन्नुका साथै जादुमयी घटनाक्रम समेत भए । ती मध्ये १० घटना यी हुन् जुन तपाइँले हेर्न छुटाउनुभएको हुनसक्छ-

१. क्याप्टेन मोर्गान वा अदृश्य मान्छे ?

Eoin-Morgan

– इंग्ल्याण्डका क्याप्टेन ओइन मोर्गान सहितको इंज्लिस टिम जब न्यूजिल्याण्डको राजधानी वेलिंगटनमा उत्रियो । तब वेलिंगटनकी मेयरले मोर्गानको नाम नै गलत उच्चारण गरिन् र उनलाई इओन रोजर्स भनेर परिचय गराइन् । २८ वर्षे मोर्गानले त्यो गल्तीको खासै परवाह गरेनन् । उनले भने मलाई निकै नराम्रो भनियो । उनले साँच्ची कडा भाग फेला पारिन् ।

२. भियतनाम युद्धका पात्रबाट प्रभावित अफगानिस्तान

Hamid-Hassan

– यो पटकको विश्वकप क्रिकेटमा अफगानिस्तानले एक खेलमा जित हात पार्दै इतिहास रच्यो । अफगान टोलीका लागि बलर हमिद हसन चर्चायोग्य खेलाडिको रुपमा रहे । टाउकोमा बाँधेको कफन मात्र होइन गालामा रंग्याएर देशको झण्डाका कारण उनी चर्चामा रहे । यस्तो पहिरन खेलाडिहरु कमैले अपनाउने गर्छन् । साथै उनले भियतनाम युद्धका चर्चित योद्धा राम्बा आफ्नो हिरो भएको बताए । विपक्षी खेलाडिको विकेट झारेपछि उनले गर्ने सेलिब्रेसन पनि युद्धमा विजय भएको कुनै योद्धाको भन्दा कम थिएन ।

३. गेलको टि्वट बदला

Gayle-Final

– वेष्ट इन्डिज क्रिकेट बोर्डका अध्यक्ष डेभ क्यामरुनले आफ्ना खेलाडि क्रिस गेलका विषयमा एक क्रिकेट व्यक्तिले गरेको टि्वटलाई रिटि्वट गरे । त्यसमा गेलको आलोचना गर्दै उनलाई क्रिकेटबाट अवकाश दिइनुपर्ने आसय व्यक्त गरिएको थियो ।

उक्त टि्वटर प्रकरणको दुइ दिनपछि जिम्बावे विरुद्धको खेलमा गेलले ऐतिहासिक प्रदर्शन गर्दै विश्वकप इतिहासमै पहिलो दोहोरो शतक बनाए । पछि क्यामरुनले टि्वटरबाटै आफ्नो रिटि्वटको विषयलाई लिएर माफी मागे ।

४. जोएस धरौटीमा मुक्त  

Ed Joyce

– बलले स्टम्पमा लागेर पनि आउट नहुने सायद उनी विश्वका पहिलो क्रिकेट खेलाडि हुन् । आयरल्याण्डका ब्याट्सम्यान इड जोयस युएई विरुद्धको खेलमा ब्याटिङ गरिरहेको बेला बलर अमजाद जाभेदको बलले स्टम्पलाई छोयो । विकेटकोे एलइडी लाइट बलेपनि स्टम्प भुइँमा नखसेको भन्दै अम्पाएरले उनलाई आउट दिएनन् ।  

५. रोबोटले भन्यो, अफगानिस्तानले विश्वकप जित्छ  

Eduardo-Sandoval-and-his-friends

– न्यूजिल्याण्डको एक रोबोटले एसोसिएट टिम अफगानिस्तानले यो पटकको विश्वकप क्रिकेटको उपाधि जित्ने भविष्यवाणी गर्यो । विद्यावारिधीका विद्यार्थीले बनाएको सफ्टवेयरका सहयोगले यो रोबोटले त्यस्तो असत्य भविष्यवाणी गरेको हो । अफगानिस्तान प्रतियोगिताबाट बाहिरिसकेको छ ।  

६. म्याक्सवेलको फुर्ति  

MAXWELL

– न्यूजिल्याण्ड विरुद्धको खेलमा अस्ट्रेलियाका ब्याट्सम्यान ग्लेन म्याक्सवेलको हाउभाउ पनि चर्चाको विषय बन्यो । १ सय ५२ रनको लक्ष्य पछ्याइरहेको न्यूजिल्याण्डले लक्ष्य भेटाउन नसक्ने र उसको गला अठ्याएरै छाड्ने आसयका साथ उनले रंगशालामा उपस्थित अस्ट्रेलियन फ्यानतर्फ हेर्दै आफ्नो गला हातले अठ्याए । तर, केही बेरपछि न्युजिल्याण्डका केन विलियम्सनले म्याक्सवेलकै टाउको माथिबाट छक्का प्रहार गर्दै १ विकेटको विजय हात पारे ।

७. डेल स्टेनलाई समेत फिल्मको झल्को      

– वेष्ट इण्डिज विरुद्धको खेलमा ६६ बलमा १ सय ६२ रन बनाएका आफ्नो खेलाडि साथी एबी डिभिलियर्सको प्रसंसामा दक्षिण अफ्रिकी बलर डेल स्टेनले एक हलिउड फिल्मको हिरोसँग तुलना गरे ।

डिभिलियर्सको धुवाँधार ब्याटिङ हेर्दा आफुलाई दी मेटि्रक्स फिल्म हेरेजस्तै लागेको भन्दै उनले भिल्लर्स फिल्मको नियो भन्ने पात्र जस्तै रहेको र सायद आफु कत्तिको बलियो छु भन्ने कुरा आफैलाई थाहा नभएको उनको कथन थियो ।

८. यासिरको पेन्टी

– पाकिस्तानी बलर यासिर शाहको सेतो पेन्टी पनि यो पटक चर्चाको विषय रह्यो । दक्षिण अफ्रिकासँगको खेलमा चौका बचाउने क्रममा उनले डाइभ मार्दा सुरुवाल बाउन्ड्री डोरीमा अल्झिएर खुस्किएपछि उनले भित्र लगाएको सेतो पेन्टी सबै दर्शकले देख्न पाए । यत्रो प्रयासका बाबजुत पनि उनले चौका रोक्न भने सकेनन् ।

९. उडुसले हैरानी

– ह्यामिल्टनमा भएको बंगलादेश र न्यूजिल्याण्ड बीचको खेलमा उडुसले निकै दुःख दियो खेलाडिहरुलाई । उडुसले टोक्न थालेपछि किरा भगाउने केमिकल नै मगाउनु पर्यो भने बंगलादेशले ब्याटिङ गर्दाको समयमा बीच बीचमा केही बेर खेल रोकियो पनि । खेलाडिसँगै दर्शक पनि उडुसबाट निकै हैरा नबने । आसपासका औषधि पसलहरुमा सो दिन उडुस भगाउने औषधि निकै बिक्यो ।

१०. डि जे को दनक

BUGS’ LIFE IN HAMILTON

– यो विश्वकपमा खेल अवधि तथा ब्रेकको अवधिमा डिजेहरुले बजाउने संगीत समेत चर्चामा रह्यो । डिजेहरुले परिस्थित अनुसारका गीत बजाएर खेलाडि र दर्शक सबैलाई मन्त्रमुग्ध बनाए । वेष्ट इण्डिजविरुद्ध लक्ष्य पछ्याइरहेको पाकिस्तानका लागि बजाइएको आइ एम बिलिभर मात्र होइन न्यूजिल्याण्डका मार्टिन गुप्तिलका क्रिजमै भएको सानो उपचारका बेला बजाइएको डक्टर डक्टर भन्ने गीतलाई दर्शकहरुले ताली बजाएर साथ दिए ।

एजेन्सीको सहयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment