+
+

एप्पलले ल्याउँदैछ टेलिभिजन सेवा

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ४ गते २०:०९

apple tvआइफोन निर्माता कम्पनी एप्पलले निकट भविष्यमै अनलाइन टेलिभिजन सेवा सुरु गर्ने भएको छ । एप्पल आफ्नो टेलिभिजन सेवाका लागि पछिल्लो समयमा प्रोग्रामर्सहरु सँग छलफल गरिएको खबर बाहिर आएको छ ।

वालस्ट्रीट जर्नलको रिपोर्ट अनुसार एप्पल कम्पनीले आगामी जुनमा यो सेवा घोषणा गर्ने र सेप्टेम्बर देखि प्रयोगमा ल्याउने उल्लेख छ ।

समाचार अनुसार एप्पल टिभी सर्भिसमा २५वटा च्यानल रहनेछन् । त्यसमा चर्चित अन्तराष्ट्रिय च्यानल एबीसी, फक्स तथा सिबीएस लगायतका रहनेछन् ।

यो टेलिभिजन सेवा आइओएस अपरेटिङ सिस्टममा काम गर्ने एप्पलका सबै डिभाइसमा उपलब्ध हुने बताइएको छ । त्यसमा आइफोन, आइप्याड तथा एप्पल टिभी सेट टप बक्स लगायत रहेका छन् ।

आफ्नो टेलिभिजन सेवाका लागि एप्पलले वाल्ट डिज्नी, सिबीएस कर्प, फक्स, इएसपिएन, एफ एक्स लगायतका कम्पनीहरुसँग छलफल गरिरहेको बताइएको छ । एप्पल टेलिभिजन सेवाको मूल्य ३० देखि ४० डलर सम्म हुने बताइएको छ ।

यद्यपि एप्पलका प्रवक्ता टोम न्युमेयरले भने यस बारेमा कुनै प्रतिक्रिया दिन अस्विकार गरेको रोयटर्सले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?