Comments Add Comment

१ बर्षकी छोरी छाडेर देश सफा गर्ने अभियानमा धुर्मुस र सुन्तली

dhurmus-lilamadi
नेपाल सरकारले केही समय अगाडि ‘सरसफाई सद्भावना दुत’को रुपमा नियुक्त गरेपछि हाँस्यकलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे अहिले देश सफा गर्ने अभियानमा लागेका छन् । नेपाल सरकारले उनीहरुलाई उप-सचिव सरहको सेवा र सुविधा दिएर यो अभियानको ‘सद्भावना दुत’ बनाएको हो ।

उनीहरुले मानिसलाई आफ्नो टोल, गाउँ, शहर सफा गर्नका लागि विभिन्न तबरले अपिल गरिरहेका छन् । अनलाइनखबरसँग कुरा गर्दै सितारामले भने-‘हामीले यो अभियान सुरु गरेपछि अहिले मानिसहरुमा जागरुकता आएको छ । विभिन्न स्थानका संघसंस्थाहरु पनि अहिले जागेका छन् र हामीसँग हातेमालो गरिरहेका छन् ।’

सुदुरपश्चिमका कञ्चनपुर, कैलाली, बाँके, बर्दिया लगायतका जिल्लामा पुगेर उनीहरुले सफाई अभियानलाई अगाडि बढाएका हुन् । यस्तै, सुदुरपुर्वका मोरङ, सुनसरी, उदयपुर लगायतका क्षेत्रमा पनि दुई कलाकार पुगेका छन् ।

सितारामले भने-‘हामीलाई सद्भावना दुत बनाउँदा केहीले योग्य मानिसलाई बनाएका पनि भनेका थिए । हामीलाई यो चुनौती पनि छ कि, काम गर्न सक्छौ भनेर देखाउनु छ ।’ कञ्चनपुरमा आयोजना भएको एक कार्यक्रममा करिब ७० हजार मानिसको अगाडि सरसफाई सम्बन्धी प्रहसन दिएको सितारामको भनाई छ ।dhurmus-safai

यस्तै, पोखरा उप-महानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा सरकारका मुख्य सचिव लिलामणी पौडेल, बागमती सफाइका अभियान्ता राजु अधिकारीको साथमा कुञ्जना र सितारामले प्रवचन र प्रहसन पनि दिएर काठमाण्डौ फर्केका छन् । आज बिहान मात्र काठमाण्डौको ठमेलबाट काठमाण्डौ सफाई आयोजना सुरु गरिएको सितारामले जानकारी दिएका छन् । उनले यो अभियानबाट मानिसहरुलाई उर्जा मिलेको बताएका छन् ।

कला क्षेत्रबाट सरकारले कलाकारलाई दिएको यो उच्च सम्मान हो । आफूहरु देश सफा गर्नका लागि नेपाल सरकारले गरेको भरोसालाई सफल पार्न लागिपरेको सितारामले जानकारी दिएका छन् । उनले सम्पूर्ण देशवासीलाई आफ्नो स्थान सधै सफा राख्न आग्रह पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment