Comments Add Comment

दुई खेलाडीको भरमा पाकिस्तानले हराउला अष्ट्रेलियालाई ?

Pakistan

छनोट विवाददेखि खेलाडीको चोटका कारण थलिएको पाकिस्तानको  जारी विश्वकप क्रिकेटमा प्रदर्शन उतारचढाव पूर्ण रहृयो ।

सुरुवाति दुई खेलमा चिरप्रतिद्वन्द्वी भारतका साथै वेस्ट इण्डिजसँग लज्जापस्द हारपछि धेरैले पाकिस्तान समूह चरणबाटै बाहिरिने अनुमान गरे । तर, जिम्बावे बिरुद्ध संघर्षपूर्ण जित निकालेपछि उनले पछाडि फर्कनु परेको छैन ।

अपेक्षाअनुसार युएयलाई पराजित गरेको उनले बलियो मानिएको दक्षिण अफ्रिकाबिरुद्ध पनि जित निकाल्यो । र, गर या मरको स्थितिमा उसले सूमहको अन्ति खेलमा आयरल्याण्डलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनायो । तर, उसको अबको यात्रा भने झन कठिन देखिएको छ ।

पाकिस्तानले शुक्रबार एडिलेड ओभलमा उपाधिको दावेदार मध्येको एक अष्टे्रलियाको समना गर्नेछ । २३ वर्षपछि आइपुग्दा १९९२ को च्याम्पियन पाकिस्तानको टीममा धेरै फरक छ र कप्तान पनि भिन्न छन् ।

पाकिस्तानको प्रदर्शन मात्र दुुई खेलाडीमा भर पर्छ । ब्याट्सम्यान सर्फराज अहमद ओपनिङमा अहिले लयमा देखिएका छन् । उनी जारी विश्वकपमा शतक बनाउने पहिलो पाकिस्तानी क्रिकेटर हुन् ।

अर्का हुन बलर बाहव रियाज । पेस र बाउन्स बलिङमा माहिर मानिएका उनले अधिकांश विकेट डेथ ओभरहरुमा लिँदै आएका छन् । शुक्रबार पाकिस्तानले मोहम्मद इर्फानलाई मिस गर्नेछ । उनी चोटका कारण टीमबाट बाहिरिसकेको छन् ।

Glenn-Maxwell

अर्कोतिर जारी प्रतियोगितामा अष्ट्रेलियाका म्याक्सवेलले आक्रमण शैलीमा रन जोडेका छन् । उनलाई तह लगाउनुभन्दा पहिले नै डेभिड वार्नर, स्टिभ स्मिथ र माइकल क्लार्क जस्ता ब्याट्सम्यानको विकेट लिन जरुरी हुन्छ ।

शुक्रबारको खेलमा स्वाभाविक रुपमा अष्ट्रेलियाकै जितको सम्भावना बढी छ । तर, समूह चरणमा न्यूजिल्याण्डले अष्ट्रेलियाका कमजोरीहरु छरपस्ट पारिदिइसकेको छ । त्यसैले पाकिस्तानले सेमिफाइनलमा स्थान बनाउने हो भने स्पेशल टीम बन्न जरुरी छ ।

समूह चरणमा भएको भेटमा न्यूजिल्याण्डले अष्ट्रेलियालाई १५१ रनमा अलआउट गरेको थियो, जुन खेल उसले १ विकेटले जित्यो ।

अष्ट्रेलियाले समूह चरणका चार खेल जित्यो भने बंगलादेशसँगको खेल वर्षाका कारण हुन सकेन ।

अष्ट्रेलिया र पाकिस्ता विश्वकपको पहिला संस्करण १९७५ मै भिडेका थिए । जुन खेलमा अष्ट्रेलिया ७३ रनले बिजयी भएको थियो । तर, त्यसको चारबर्ष पछि नै पाकिस्तानले अर्को विश्वकपमा ८९ रनको जित निकाल्दै पाकिस्तानले बदला लिएको थियो ।

१९९९ मा पाकिस्तालाई ८ विकेटले हराएर अष्ट्रेलिया च्याम्पियन बन्यो । सन् २००३ को विश्वकपमा अष्टे्रलिया ८२ रनले बिजयी भएको थियो । विश्वकपको पछिल्लो संस्करण सन् २०११ मा पनि पाकिस्तान र अष्ट्रेलिया भिडेका थिए, जुन खेलमा पाकिस्तान ४ विकेटले जित्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment