Comments Add Comment

युवासंघ विद्रोही पक्षको भेलाको उद्घाटन माधव नेपालले गर्ने

Madhav kumar nepal

६ चैत, काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको विद्रोही पक्षले राजधानीमा आयोजना गर्न लागेको कार्यकर्ता भेलालाई नेता माधवकुमार नेपालले सम्बोधन गर्ने भएका छन् ।

युवा संघको विवाद चर्किदै जाँदा संघले शनिवार मकवानपुरमा भेला आयोजना गरेको छ । संघले भेला बोलाएकै दिन शनिवार नै संघकी उपाध्यक्ष दिलु पन्त नेतृत्वको असन्तुष्ट पक्षले छुट्टै भेला बोलाएको छ ।

संघकी अध्यक्ष निरू पाल र असन्तुस्ट पक्षकी दिलु पन्त
संघकी अध्यक्ष निरू पाल र असन्तुस्ट पक्षकी दिलु पन्त

राजधानीमा गर्न लागेको असन्तुष्ट पक्षको भेलाको उद्घाटन भने एमाले बरिष्ठ नेता माधवकुमार नेपालले गर्ने कार्यक्रम तय भएको उपाध्यक्ष पन्तले बताइन् ।

युवा संघमा विवाद चर्किएर छुट्टाछुट्टै केन्द्रीय समिति वैठकपछि छुट्टै राष्ट्रिय भेला समेत आहृवान गरिएपछि एमाले अनुशासन आयोगले भेला रोक्न आग्रह गरेको थियो ।

तर अयोगले गरेको आग्रहलाई वेवास्ता गरिएकोले आफूहरुले पनि भेला बोलाइएको पन्तले बताइन् । असन्तुष्ट पक्षको भेलामा ५ सय १७ जना प्रतिनिधि, ९० जना पर्यवेक्षक र १११ जना स्वयंसेवक रहने असन्तुष्ट पक्षको भेला आयोजक समितिकी संयोजकले पन्तले विज्ञप्ति जारी गरी जनाएकी छन् । काठमाडौको प्रज्ञा भवनमा उद्घाटन कार्यक्रम तथा बन्दसत्र बागबजारस्थित होटल हार्दिकमा हुने सो समूहले जनाएको छ ।

हेटौडामा हुने संस्थापन पक्षको भेलाको उद्घाटन भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । भेलामा अध्यक्ष ओलीका साथै वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, विद्या भण्डारीलगायतका नेताहरु सहभागी हुने संस्थापन पक्षले जनाएको छ ।

हेटौंडामा भुटनदेवी स्कुलमा उद्घाटन कार्यक्रम तथा सामना होटलमा बन्दसत्र हुने तयारी गरिएको भेलामा ७ सय प्रतिनिधि सहभागी हुने संस्थापन पक्षले जनाएको छ ।

याे पनि पढ्नुस्ः

युवासंघका सचिव चन्दमाथि सांघातिक आक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment