+
+

‘त्यसले हाम्री छोरीसँग ‘लभ’ गरेको झूठो हो’

७ चैत, काठमाडौं । प्रेम सम्वन्ध टुटेको प्रतिशोधमा जीवन बिकले संगीतामगरमाथि एसिड आक्रमण गरेको आक्रमणकारीले बताए पनि संगीता मगरका अभिभावकले यो दाबीलाई अस्वीकार गरेका छन् । संगीताका बुबा प्रेमबहादुर मगरले अनलाइनखबरसँग भने, ‘एउटै घरमा बस्ने भएकाले चिनजान थियो, बोलचाल हुँदैमा प्रेम सम्वन्ध हुन्छ र ?’

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ७ गते २०:५५

विनोद घिमिरे

७ चैत, काठमाडौं । प्रेम सम्वन्ध टुटेको प्रतिशोधमा जीवन बिकले संगीतामगरमाथि एसिड आक्रमण गरेको आक्रमणकारीले बताए पनि संगीता मगरका अभिभावकले यो दाबीलाई अस्वीकार गरेका छन् ।

संगीताका बुबा प्रेमबहादुर मगरले अनलाइनखबरसँग भने, ‘एउटै घरमा बस्ने भएकाले चिनजान थियो, बोलचाल हुँदैमा प्रेम सम्वन्ध हुन्छ र ?’

sangita's father mother

बेलाबेला छोरीलाई जिस्काउने गरेपछि आफूसँग ती युवकको भनाभनसमेत परेको र उनलाई प्रहरीले पहिले पनि एक रात थुनेर छाडेको प्रेमबहादुरले जानकारी दिए ।

प्रहरीले पक्रेको घटनापछि बिकसँग आफूहरुको बोलचाल बन्द भएको उनले बताए । त्यसैको बदला लिन छोरीलाई एसिड आक्रमण गरेको हुनसक्ने उनले अनुमान लगाए ।

यो पनि पढ्नुस् : किशोरीसँग ‘प्रेम टुटेपछि’ बदला लिन एसिड आक्रमण (भिडियो सहित) 

सिनामंगलस्थित अस्पताललाई बिरामी छोरीको कुरुवा बसेका प्रेमबहादुरले भने, ‘धनी-गरिब सबै समान हुन्, कानुनमा व्यवस्था भएअनुसार त्यसलाई कडाभन्दा कडा कारवाही होस् । यस्ता घटना नदोहोरिउन् । कसैका छोरा-छोरी र बा-आमालाई दुःख नहोस् ।’

संगीताकी आमाले भनिन्- त्यसलाई भेटें भने नुनचूक हाल्छु

जीवन विक
जीवन विक

सिनामंगलस्थित अस्पतालमा अनलाइनखबरकर्मीले संगीताका बुवासँग कुरा गरिरहेका बेला सँगै रहेकी उनकी आमा चमेलीले मन थाम्न सकिनन् ।

उनले भक्कानिँदै आँसु झार्न थालिन् । आफन्तहरुले सम्झाएपछि आँसु पुछिन् र आक्रोशित मुद्रामा भनिन्, ‘त्यो अपराधी हो, त्यसलाई फाँसीको सजायँ दिनुपर्छ ।’

संगीताकी आमाको यो आक्रोशले अस्पतालको खल्याङ बल्याङसमेत केहीबेर शान्त बन्यो । पीडित किशोरीकी आमाले एकपटक जीवनलाई भेट्न मन लागेको समेत बताइन् ।

एसिड आक्रमणकारीलाई भेट्न मन लागेको सुनेपछि सबै छक्क परे । किन भेट्ने ? अनलाइनखबरको जिज्ञासामा संगीताकी आमाले भनिन्, ‘मेरी फूलजस्ती छोरीलाई एसिड खन्याएर जीवन बर्बाद पार्नेलाई भेट्न मात्र पाउँ न, त्यसको हालत पनि मेरी छोरीको जस्तै बनाइदिन्छु । शरीर चिरेर नूनचूक छर्किदिन्छु ।’

सीमा र संगीतालाई नोबेलले निःशुल्क पढाइदिने

संगीताको अवस्थाबारे जान्न चाहने र सहयोग गर्न इच्छा व्यक्त गर्दै अस्पताल आउनेहरुको संख्या बढ्दै गएको छ । एसिड आक्रमणबाट घाइते भएका संगीता मगर र सीमा बस्नेतलाई नोबेल एकेडेमीले कक्षा ११ र १२ निःशुल्क पढाइदिने भएको छ ।

एसएलसी परीक्षा जारी रहेकैबेला नोबेल कलेजका डाइरेक्टर सन्तोषमणि न्यौपानेले कक्षा ११ र १२ का लागि १ लाख ५७ हजार रुपैयाँको चेक संगीता र सीमाका अभिभावकलाई शुक्रबार हस्तान्तरण गरेका छन् ।

किशोरीद्वयको छात्रवृत्तिका लागि ‘शून्य सहनशीलता’ नामक संस्थाले पहल गरेको थियो ।

यो पनि पढ्नुस् 

तेजाब खन्याउने युवकलाई ‘ज्यान मार्ने उद्योग’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?