Comments Add Comment

चौधरीले ८० करोडमा किने भारतीय होटल म्यानेजमेन्ट कम्पनी

CG-Corp-in-talks-to-acquire-Concept-Hospitality

काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको कम्पनीले भारतीय होटल म्यानेजमेन्ट कम्पनीको बहुसंख्यक स्वामित्व खरिद गरेको छ ।

‘फर्न’ ब्राण्डमा भारतमा १३ वटा होटल ब्यबस्थापन गरिरहेको कन्सेप्ट हस्पिटालिटी कम्पनीको बहुसंख्यक स्वामित्व चौधरीको सिजी होटल्स एण्ड रिसोर्टले खरिद गरेको हो । कन्सेप्टले थप १५ वटा होटल संचालनका लागि सम्झौता गरिसकेको छ ।

चौधरी ग्रुपको अन्तराष्ट्रिय डिभिजन सिजी कर्प अर्न्तरगत यो कम्पनीको स्वामित्व खरिद गरिएको दि इकोनोमिक टाइम्स दैनिकले जनाएको छ ।

चौधरीले ५० करोड भारु (८० करोड नेपाली रुपैयाँ)को लागतमा बहुसंख्यक स्वामित्व खरिद गरेको बताइएको छ । सीजी कर्पको ब्यबसाय हेरिरहेका बिनोदका छोरा एवं चाैधरी ग्रुपका कार्यकारी निर्देशक राहुल चौधरीले कन्सेप्ट हस्पिटालिटीको स्वामित्व खरिद गरेको पुष्टी गरेका छन् ।

फेसबुकमा तस्वीर सेयर गर्दै उनले भने- चौधरी ग्रुपका लागि यो निकै महत्वपूर्ण लगानी हो ।’ योसँगै सीजी होटल्स एण्ड रिसोर्ट दक्षिण एशियाका ठूला हस्पिटालिटी खेलाडीमध्ये एकमा दरिएको उनले बताए ।

उनका अनुसार शुक्रबार मुम्बईमा कन्सेप्ट हस्पिटालिटीका अध्यक्ष र चौधरी ग्रुपका अध्यक्षवीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

कन्सेप्ट हस्पिटालिटीका अध्यक्ष परम कन्नमपिल्लीले सीजीसँग सम्झौता भएको स्वीकारे । ‘मेरा अहिलेका साझेदार ब्यापारबाट बाहिर लागेकाले त्यो ठाउँमा सीजीलाई भित्राएको हो’ उनले इकोनोमिक टाइम्ससँग भने- यो रणनीतिक साझेदारी हो ।’

सीजी हस्पिटालिटीले सन् २०२० सम्म बिश्वभर दुई सयवटा होटल संचालन गर्ने लक्ष्य लिएको छ । भारतमा मात्रै ३ हजार होटल रुम थप्ने योजना रहेको चौधरीले इकोनोमिक टाइम्सलाई बताए ।

कन्सेप्ट हस्पिटालिटीको सेयर खरिदसँगै चौधरीले सो कम्पनीको ब्यबस्थापनमा होटलमा लगानी गर्नेछन् । सीजीले अहिले ताज होटलसँगको साझेदारीमा श्रीलंका, थाइल्याण्ड र मालदिभ्समा जिंक ब्राण्डमा होटल तथा रिसोर्ट संचालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment