+
+

छविको ‘हवल्दार सुन्तली’लाई सबैले हेर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ८ गते ११:१५

hawaldar-suntali
निर्माता छविराज ओझाले आफ्नो चलचित्र ‘हवल्दार सुन्तली’लाई सबै वर्गका दर्शकले हेर्न पाउने बताएका छन् । आज बिहान चलचित्रको सेन्सर गरेपछि छविले अनलाइनखबरसँग भने-‘मेरो चलचित्रले ‘यूनिभर्सल’ प्रमाणपत्र पाएको छ । चलचित्र हेर्ने सेन्सर कर्मचारीले खुबै मनपराउनु भयो ।’

ऋषि लामिछानेले निर्देशन गरेको यो चलचित्रले एक वास्तविक घटनालाई बोलेको छ । चलचित्रको शिर्ष भूमिकामा नायिका शिल्पा पोख्रेल देखिएकी छिन् । चलचित्रमा सविन श्रेष्ठ र किशोर खतिवडाले शिल्पालाई साथ दिएका छन् ।

चलचित्र अहिले गीतसंगीतका कारण चर्चामा छ । चलचित्रको ‘घन्टी बज्यो र तिम्रा डोला डोला हातमा’ बोलको गीत अहिले खुबै चर्चामा छन् । चलचित्रमा दिपक शर्मा र टंक बुढाथोकीले संगीत भरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?