+
+

यस्तो हुनेछ सोनीको सीमकार्ड नलाग्ने स्मार्टफोन

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ९ गते ८:५५

स्मार्टफोन बजारमा आफ्नो प्रभुत्व कायम राख्नका लागि लागि जापानी कम्पनी सोनीले केही नयाँ प्रविधिको सहारा लिएको छ । नविनतम प्रविधिको रुपमा सोनीले आफ्नो पहिलो सीमकार्ड नलाग्ने स्मार्टफेान निर्माण गरेको छ ।

सोनीको एक्सपेरिया जे वान कम्प्याक्ट (डी ५७८८) सोनीको पहिलो सिम फ्रि मोबाइल फोन हो, जुन जापानी उपभोक्ताका लागि लक्षित गरिएको छ । यसमा सीमकार्डको आवश्यकता पर्दैन र स्मार्टफोन आफैले प्रयोगकर्तालाई मोबाइलको नेटवर्क छनोट गर्ने विकल्प प्रदान गर्दछ ।Xperia-J1-Compact_1-640x696

आगामी अपि्रल २० मा जापानमा विशेष समारोहका बीच सोनीले यो स्मार्टफोन लन्च गर्नेछ । यद्यपि यो फोनको पि्रअर्डर भने मार्च २७ देखि नै लिइने सोनीले जनाएको छ ।
सोनीका अनुसार यो स्मार्टफोन एलटीइ कम्युनिकेसन प्ले सिम डिभाइस हो जसमा मोबाइल भर्चुअल नेटवर्क अपरेटर फिचर रहेको हुन्छ । जसले प्रयोगकर्ता रहेको स्थानमा उपलब्ध मोबाइल नेटवर्क छनोट गर्ने सुविधा प्रदान गर्छ ।

यो स्मार्टफोनमा एन्ड्रोइड ४.४.४ किटक्याट अपरेटिङ सिस्टम रहेको छ । यसको ४.३ इन्चको एचडी स्त्रिmन रहेको छ । फोनमा २ गिगाबाइटको र्याम तथा २.२ क्वाडकोर क्लाककोम स्नापड्रागन ८०० प्रोसेसर रहेको छ, जसका माध्यमबाट स्मार्टफोनको गति निकै तिब्र हुने अपेक्षा गरिएको छ ।

यो फोनका अन्य फिचर्समा १६ जिबीको इन्टरनल मेमोरी रहेको छ जसलाई माइक्रो एसडी कार्डको माध्यमबाट बढाउन सकिन्छ । क्यामराका लागि प्रसिद्ध कम्पनी सोनीले यो स्मार्टफोनमा २०.७ मेगापिक्सेलको मुख्य क्यामरा र २.२ मेगापिक्सेलको फ्रन्ट क्यामरा उपलब्ध गराएको छ ।

Xperia-J1-Compact_2-640x378

यो फोनले फोर जी एलटीइ नेटवर्क सपोर्ट गर्नुका साथै जिपिएस, वाइफाइ, ब्लुटुथ ४.० तथा एनएफसी लगायतका फिचर रहेका छन् । ब्याट्री ब्याकअपको रुपमा यसमा २३ सय मिलि एम्पियरको ब्याट्री रहेको छ । यसको मूल्य ४ सय ५४ अमेरिकी डलर अर्थात् ५४,८०० जापानी येन रहने सोनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?