+
+

मुटु बाहिर निस्किएको शिशुको प्राणान्त

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ९ गते १९:२३

Baby born with heart on the outside of body_2

९ चैत, काठमाडौं । जन्मँदै छाती बाहिर मुटु निस्किएको शिशुको शहिद गंगालाल हृदयरोग केन्द्रमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ ।

केन्द्रमा शल्यक्रिया गर्ने क्रममा उनको ज्यान गएको हो । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापा बनियानी ४ की २२ वर्षीया श्रुति कार्की -दाहाल)को कोखबाट मुटु बाहिर निस्किएको शिशु -बालक)को जन्म भएको थियो ।

अनौठो शिशु जन्मिएको र धरानमा उपचार सम्भव नभएको भनेपछि काठमाडौं ल्याइएको थियो । शिशुको मुटु शरीर बाहिरै थियो र मुटु सामान्य अवस्थामा चलिरहेको थियो । उनलाई श्रुतिका भिनाजु प्रकाश कार्कीले काठमाडौंमा उपचार गर्न ल्याएका थिए ।

प्रसुतिको क्रममा शल्यक्रिया गरिएकोले श्रुति भने धरानमै उपचाररत छिन् । श्रुतिका श्रीमान भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।

गंगालाल हृदयरोग केन्द्रले खर्च आफैंले व्यहोर्ने गरी ड. रमेशराज कोइरालाको टीमले शल्यक्रिया सुरु गरेको थियो । तर, केही घन्टा चलेको शल्यक्रिया असफल भएको र शिशुको निधन भएको अस्पतालले जनाएको छ ।

प्रतिष्ठानकी प्रसुति रोग विभाग प्रमुख डा. शैलजा क्षेत्री श्रेष्ठका अनुुसार शिशुको मुटु बाहिरै भए पनि अरु सबै अवस्था सामान्य रहेको थियो ।

यस्तो घटना नेपालमै पहिलो भएको र विश्वमै हालसम्म ९१ वटा मात्र यस्ता बच्चाको जन्म भएको उनले जानकारी दिइन् । क्रोमोजोम डिस्अर्डरका कारण यस्तो समस्या आउने भन्दै उनले यसको उपचार एकदमै कम मात्र हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?