Comments Add Comment

सामसुङ ‘एस-६’ र ‘एस-६ एज’ भारतीय बजारमा

Samsung-gyalexy-s6-2
प्रख्यात स्मार्टफोन निर्माता सामसुङले ग्यालेक्सी ‘एस-६’ र ‘एस-६ एज’ भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ३२ जीबी, ६४ जीबी र १२८ जीबी स्टोरेज क्षमता भएका मोडलहरु सार्वजनिक गरेको हो ।

नेपालमा भने चैतको अन्त्यमा बिक्री सुरु गर्ने तयारी भइरहेको छ । भारतीय बजारमा ग्यालेक्सी ‘एस-६’ ३२ जीबीको मूल्य ४९ हजार ९ सय भारु, ६४ जीबीको ५५ हजार ९ सय भारु र १२८ जीबीको ६१ हजार ९ सय भारु तोकिएको छ ।

‘एस-६ एज’ को मूल्य ३२ जीबीको ५९ हजार ९ सय भारु, ६४ जीबीको ६४ हजार ९ सय भारु र १२८ जीबीको ७० हजार ९ सय भारु तोकिएको छ । ‘एस-६ एज’को स्क्रिन छेउ कर्भ आकारमा रहेको छ ।

सामसुङले हालै बजारमा आएका एप्पलको ‘आइफोन ६’ र ‘आइफोन ६ प्लस’ लाई टक्कर दिने गरी नयाँ मोडल बजारमा ल्याएको दाबी गरेको छ ।

यस्ता छन् सुविधाहरु

नयाँ स्मार्टफोनमा आइफोनमा जस्तै मेटल कभर प्रयोग गरिएको छ । नयाँ सेटमा धेरै नयाँ फिचर रहेका छन् भने पुराना केही सुविधाहरु हटाइएको छ ।

जस्तै, अब तपाईले अघिल्ला सेटमा जस्तै ग्यालेक्सी एस ६ फोन खोल्न सक्नुहुन्न, पहिलेजस्तो ब्याट्री निकाल्न सक्नुहुन्न । यो सेरिजमा फोनमा अतिरिक्त मेमोरी कार्ड थप्ने सुबिधा पनि हटाइएको छ । अघिल्ला फोनजस्तो वाटरप्रुफ पनि छैन् । यो मामिलामा सामसुङ अब एप्पलको बाटोमा लागेको छ ।

सामसुङले सार्वजनिक गरेका दुवै मोडलमा उस्तै उस्तै फिचर भएपनि एस सिक्स इजमा छेउपट्टी केही घुमाउरो स्क्रिन छ, जसलाई बेग्लै स्क्रिनका रुपमा चलाउन सकिन्छ । अर्थात, कन्ट्याक्ट, नोटिफिकेसन लगायतका सूचना त्यही घुमाउरो स्क्रिनबाटै थाहा पाउन सकिन्छ ।

Samsung-gyalexy-s6

सामसुङले स्क्रिन डिस्प्लेमा सुधार गरी निकै सफा र स्मार्ट बनाएको छ । फिंगर प्रिन्टलाई सुधार गरी होम बटनमा समावेश गरेको छ । अब एस ५ जस्तो फिंगर प्रिन्टका लागि स्वाइप गर्नुपर्दैन् ।

सामसुङ एस सिक्स सेतो, कालो, सुनौलो, निलो र हरियो पाँच रंगमा उपलब्ध हुने छ । दुवै फोन ३२, ६४ र १२८ जीवी गरी तीन क्षमतामा उपलब्ध हुनेछन् ।

के-के छन सुबिधा ?

सामसुङले दुबै फोनमा ५।१ इञ्चको क्वाड एचडी सुपर एमलोड डिस्प्ले प्रयोग गरेको छ । २।१ गीगाहर्ज इक्जाइनस अक्टाकोर प्रोसेसर प्रयोग गरिएको हुँदा स्मार्टफोन उच्च गतिमा चल्नेछ । दुबै फोनमा एन्ड्रोइड ५।०।२ ललिपप अपरेटिङ सिष्टम र तीन जीबी र्याम रहेको छ ।

स्मार्टफोनको पछाडि १६ मेगापिक्सेल र अगाडि ५ मेगापिक्सेल क्यामेरा राखिएको छ । जसले कम प्रकाशमा पनि उच्च गुणस्तरको फोटो खिच्न सकिन्छ । दुबै फोनमा क्लिक लञ्च फिचर भएको हुँदा होम बटन थिच्दा ०।७ सेकेन्डमा क्यामेरा खुल्छ ।

एस ६ मा २५५० एमएएच क्षमताको ब्याट्री रहेको छ भने एस ६ एजमा २६०० एमएएच क्षमताको ब्याट्री रहेको छ । यी स्मार्टफोनको सबैभन्दा राम्रो विशेषता भनेको वायरलेस चार्जिङ सपोर्ट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment