Comments Add Comment

मंगलबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट मंगलवार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले आर्थिक वर्ष असार १ देखि, लोडसेडिङका कारण उद्योगहरु मारमा, कोरियाली भाषा परीक्षा जेठमा लगायतका खबर प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकमा आर्थिक वर्ष असारबाटै सुरु गर्न निर्देशन, उद्योगहरु क्षमताको ३५ प्रतिशतमात्रै सञ्चालन, महासंघको साख जोगाउन पूर्वअध्यक्षहरुको अग्रसरता, सरकारी ढुकुटीमा ब्याजदरको असर, नेप्से ७ अंकले घट्यो, बन्दप्रति महासंघको आपत्ति लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा कोरियाली भाषा परीक्षा जेठ अन्तिममा, नेपाल वायुसेवा निगमको ग्राउन्ड हृयान्डलिङ सेवा, निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक, महासंघमा नेतृत्वको होडबाजी, पाल्पाली करुवाः माग बढी आपूर्ति कम, किसान आन्दोलनको तयारीमा, अनुगमन बढाउने राजश्वको निर्णय लगायतका खबर छन् ।

अभियान दैनिकमा मुलुककै ठूलो करिडोरमै बिजुली महंगो, सिलिण्डर उत्पादन र बिक्रीमा रोक, यातायातसम्बन्धी चारवटा कानून संशोधन प्रक्रियामा, अदक्ष जनशक्ति सून्यमा झार्ने लक्ष्य, सिमरामा सेज निर्माण आगामी वर्ष सुरु, चियापत्तीको मूल्य बढ्ने अनुमान लगायतका खबर छन् ।

नागरिक दैनिकमा सेज ऐन पारित, ब्याज तिर्न धमाधम सेयर बिक्री, यूटीएललाई एकीकृत लाइसेन्स लिन समयसीमा, बन्द फिर्ता लिन महासंघको आग्रह लक्ष्यभन्दा साढे तीन अर्ब कम राजश्व, चारदेशसँग हवाई सम्झौता हुने लगायतका खबर छन् ।

आर्थिक दैनिकमा असार १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु गर्न संसदीय समितिको निर्देशन, सहकारी बैंकमा १३ सञ्चालकले लाखौं ब्याज तिरेनन्, पुँजीबजारमा खतरा, प्लाष्टिक झोलामाथिको प्रतिबन्ध कडाईका साथ लागू गर्न निर्देशन, तीन विमान कम्पनी निगरानीमा लगायतका खबर छन् ।

eco1 eco2 eco3 eco4 eco5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment