+
+

अग्निपीडितलाई तत्काल राहत प्रदान गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १० गते ९:४३

१० चैत, ताप्लेजुङ । फुङलिङमा भएको आगलागीसम्बन्धी छलफल गर्न मंगलबार बिहान बसेको दैवी प्रकोप उद्धार समितिको बैठकले तत्काल गर्न सक्ने उद्धार तथा राहत वितरणका विषयमा विभिन्न निर्णयहरु गरेको छ ।

Taplejung7समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी डम्वरुप्रसाद निरौलाका अनुसार बैठकले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी र उद्योग वाणिज्य संघका प्रतिनिधिद्वारा क्षतिको विवरण संकलन गर्ने निर्णय भएको छ ।

पीडित परिवारलाई प्रतिपरिवार चामल ३० किलो, दाल १ किलो, चिउरा २ किलो, नुन २ किलो, बिस्कुट ६ वटा, चाउचाउ चार प्याकेट, पानी, तेललगायतका सामाग्री तत्काल वितरण गर्ने दैवी प्रकोप उद्धार समितिले निर्णय गरेको छ ।

आगलागीबाट पीडित भएकाहरुसँग उनीहरुको समस्याका विषयमा अन्तरक्रिया गर्ने निर्णय पनि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

चौथो पटक यसरी जल्यो फुङलिङ बजार (फोटो कथा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?