+
+

३६ लागे ‘सिरियल किसर’ इमरान हासमी, यस्ता छन् उनका हट गीत

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १० गते १०:२१

Emran-Hashmi-2
मुम्बई । अभिनेता ईमारान हासमी सोमवारदेखि ३६ वर्ष प्रवेश गरेका छन् । २४ मार्च सन् १९७९ मा जन्मेका ईमारानले सन् २००४ मा बनेको विक्रम भट्टको फिल्म ‘फूटपाथ’ बाट अभिनय सुरु गरेका थिए । बिक्रम भट्ट उनका मामा हुन् ।

पहिलो फिल्म ब्यवसायिक रुपमा असफल भए पनि संगीतको भने निकै चर्चा भएको थियो । सोही वर्ष उनको अरु दुई फिल्म प्रदर्शन भयो ‘मर्डर’ र ‘तुमसा नही देखा’ ।

भट्ट क्याम्पकै ब्यानरमा निर्माण भएको ‘मर्डर’को चर्चा यति धेरै भयो कि यही फिल्मले उनलाई स्टार बनायो । ‘मर्डर’मा अभिनेत्री मल्लिका शेरावतसँग उत्तेजक दृष्य दिएका ईमरान मात्रै हैन मल्लिकालाई पनि फलिफाप भयो ।

हासमीले ‘ग्याङगस्टार’, ‘आवारापन’, ‘चकलेट’, ‘जन्नत’लगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन् ।

उनले अभिनय गरेका प्रायः फिल्मको संगीत हिट छन् । उनको करिअर चम्कनुको कारण फिल्ममा भएको संगीतको अतिरिक्त चुम्बनको दृष्य पनि हो भन्नेहरु धेरै छन् । अहिले पनि उनलाई ‘सीरियल किसर’ को रुपमा चिन्छन् दर्शकदेखि निर्देशक समेत ।

सन् २००९ जुलाईमा उनको एउटा विवादास्पद भनाई सार्वजनिक भयो ‘मैले मुसलमान भएको कारण घर किन्न पाईन ।’ मुम्बईको पास क्षेत्रको पाली हिलमा एक हाउजिङ सोसाईटीले मुसलमान भएकै कारण घर किन्न नदिएको उनको भनाई सार्वजनिक भएको थियो ।

उनको भनाई सार्वजनिक भए लगत्तै आवास सोसाईटीले उनको भनाईको खण्डन गरेको थियो । हासमीको भनाईको चौतर्फी विरोध भईरहेको बेला भारतीय इस्लामी सांस्कृतिक केन्द्रले हासमीलाई भारतमा साम्प्रदायिक तनाव फैलाउन खोजेको आरोप समेत लगायो  । विवाद चर्किदै गएपछि हासमीले आफूलाई सोसाईटीले कुनै भेदभाव नगरेको धारणा सार्वजनिक गरेका थिए ।

उनले साढे ६ वर्ष लामो प्रेमपछि परभीनसँग विवाह गरेका थिए । अहिले उनीहरुको एक छोरा छन् आयान हासमी । उनका केही चर्चित गीत यस्ता छन् ।
















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?