+
+

रामकृष्णलाई दक्षिण एशियाली संगीत पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १० गते १०:३१

ramkrishan 1

काठमाडौं । प्रसिद्ध गायक रामकृष्ण ढकाललाई दक्षिण एशियाली संगीत पुरस्कार प्रदान गरिएको छ ।

२० मार्चमा बंगलादेशको राजधानी ढाकामा आयोजित दोस्रो दक्षिण एसियाली संगीत महोत्सबमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

बंगलादेशका अन्तराष्ट्रिय मामिला सम्बन्धी सल्लाहकार डा. गोहर रिजिभीले उनलाई उक्त पुरस्कार प्रदान गरेका थिए ।

ढाकाको शाहबागमा रहेको शिषु एकेडमीमा आयोजित महोत्सबमा ढकालले केही सुमधुर नेपाली गीत प्रस्तुत गरे । कार्यक्रममा केही भारतीय र बंगलादेशी कलाकारको पनि उपस्थिती थियो ।

कार्यक्रममा विश्वविद्यालय पढ्दै गरेका नेपाली र गैर नेपाली विद्यार्थीको उपस्थिती थियो । कार्यक्रममा बंगलादेशी गायक फकिर अल्मागी, गान्धी इन्टिच्युट अफ वाराणसीका निर्देशक दीपक मलिक लगायत अन्य महत्वपूर्ण ब्यक्तिको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?