Comments Add Comment

राप्रपा नेपाल र राप्रपाले ‘नयाँ वर्षमा नयाँ शक्ति’ बनाउने

RPP-and-RPP-Nepal

  • बैठकमा सहभागी राप्रपा नेपाल र राप्रपाका नेताहरु । तस्वीर : मोहन श्रेष्ठ

१० चैत, काठमाडौं । एकता प्रक्रियामा रहेका राप्रपा नेपाल र राप्रपाले नयाँ पार्टीको नेतृत्व तथा सैद्धान्तिक-बैचारिक विषय टुंगो लगाउन २ वटा उपसमिति गठन गरेका छन् । नयाँ वर्षमा ‘नयाँ शक्ति’ निर्माण गर्ने नेताहरुले दाबी गरेका छन् ।

मंगलबार सिंहदरबारमा बसेको दुई दलीय एकता वार्ता समितिको बैठकले सैद्धान्तिक-बैचारिक विषय टुंगो लगाउन दुबै पार्टीका ३-३ सदस्य रहने गरी ६ सदस्यीय उपसमिति गठन गरेको छ ।

उपसमितिमा राप्रपा नेपालका सहअध्यक्ष केशरबहादुर विष्ट, उपाध्यक्ष निरन्जन थापा, सहमहामन्त्री राजाराम श्रेष्ठ छन् । यसैगरी राप्रपाबाट महामन्त्री दीपक बोहोरा, ठाकुरप्रसाद शर्मा र रामकृष्ण भट्टराई छन् ।

यसैगरी केन्द्रीय नेतृत्वदेखि विभाग, जिल्ला र क्षेत्रसम्मको सांगठनिक संरचनाको विषय मिलाउन प्राविधिक समिति गठन गरिएको छ । प्राविधिक समितिमा राप्रपा नेपालका उपाध्यक्ष धवलसमशेर राणा, महामन्त्री चन्द्रबहादुर गुरुङ, सहप्रवक्ता मोहन श्रेष्ठ र प्रमुख सचेतक दिलनाथ गिरी सदस्य छन् । राप्रपाबाट महामन्त्री बुद्धिमान तामाङ, भुवन पाठक, हेमजंग गुरुङ र किरण गिरी समितिमा छन् ।

समितिले विवादहरु टुंगो लगाउने, विवादलाई साँघुरो पार्ने र मिल्नै नसकेका विषयलाई शीर्ष तहमा पठाउने राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले अनलाइनखरलाई बताए ।

‘बैठकमा सहभागी नेताहरुले नयाँ बर्षमा नयाँ राजनीतिक शक्ति निर्माण गर्ने संकल्प लिएका छन्,’ सहप्रवक्ता श्रेष्ठले अनलाइनखबरसँग भने, ‘नयाँ बर्षमा नयाँ शक्ति घोषणाको तयारी भैरहेको छ ।’

दोस्रो चरणको एकता वार्ता समितिको बैठक राप्रपाको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment