+
+

खागको कुख्यात तस्कर प्रजा जेल चलान

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १० गते १९:००

१० चैत, चितवन । दुर्लभ एकसिङ्गे गैँडाको खाग तस्करी गरेको आरोप लागेका चितवन कोराकका राजकुमार प्रजाविरुद्ध चितवन राष्ट्रिय निकुञ्जमा १९ मुद्दा दर्ता भएको छ ।

निकुञ्जका अनुसार केही मुद्दा फैसला भएको र केही विचाराधीन रहेकाले निकुञ्जका प्रमुख कमलजङ कुँवरको इजलासबाट आजै उनलाई भरतपुर कारागार चलान गरिएको छ ।

निकुञ्जका सूचना अधिकारी टीकाराम पौडेलका अनुसार उनीमाथि २० वटा गैँडा मारेर खाग बेचेको, दुईवटा गैँडाको खाग किनेर बेचेको तथा पाँचवटा गैँडा मार्ने प्रयास गरेको आरोप निकुञ्जले लगाएको छ । २०६० सालदेखि फरार उनी सर्वाधिक खोजीको सूचीमा थिए ।

मलेसियामा पक्राउ परी गत माघ २६ गते कारबाहीका लागि चितवन ल्याइएका उनीमाथिको केही मुद्दा फैसलासमेत भएको निकुञ्जले जनाएको छ । केही मुद्दा विचाराधीन भएकाले उनलाई आजै कारागार चलान गरिएको सूचना अधिकारी पौडेलले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?