Comments Add Comment

डा. केसीबारे सरकार किन मौन भन्दै विद्यार्थीले घेरे बालुवाटार

IOM-student-Protest-2

११ चैत, काठमाडौं । शिक्षण अस्पतालमा अनसनरत डा. गोविन्द केसीको समर्थनमा महाराजगञ्ज मेडिकल कलेजका विद्यार्थीहरुले बालुवाटार घेराउ गरेका छन् ।

र्‍यालीसहित बालुवाटार पुगेका उनीहरुले प्रधानमन्त्रीलाई डा. केसीको १० बुँदे माग समेत बुझाएका छन् । प्रधानमत्रीका निजी प्रशासकीय अधिकृत दयानिधि दवाडीले केसीको माग पत्र बुझेका थिए ।

IOM-student-Protest-1

र्‍यालीमा सहभागीहरुले विद्यार्थीहरुले ‘आज अनसनको चौथो दिन सरकार अझै किन मौन ?’, ‘आइओएम टुक्राउन पाइँदैन, मेडिकल शिक्षा नीति लागू गर’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

डा. केसी आइतबार अपराहृनबाट शिक्षण अस्पतालमा आमरण अनसनमा बसेका छन् ।

IOM-student-Protest-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment