Comments Add Comment

पारसलाई थाई प्रेमिकाले छाडिन्, अब हिमानी के गर्लिन् ?

१२ चैत, काठमाडौं । थाइल्याण्डको रुङखाईमा ५ महिनादेखि जेलमा बस्दै आएका पूर्वयुवराज पारसलाई उनकी थाई प्रेमिकाले पूर्णरुपमा छाडेर हिँडेकी छन् । थाई प्रेमिकाले छाडेपछि अब पारस र हिमानीको सम्बन्ध सुध्रने अनुमान धेरैले गर्न थालेका छन् ।
Nepali-Prince-Parash
पारसका साथीका अनुसार उनकी प्रेमिका कन्निका च्यान्साई चार महिनादेखि पारसलाई भेट्न गएकी छैनन् । शुरुको एक महिना पारसलाई भेट्न उनी तीन/चारपटक जेलमा गएकी थिइन् । त्यसपछि उनी पारसको सम्पर्कबाट टाढिइन् ।

पारसले प्रेमिका कन्निकालाई ‘लीन’ भनेर बोलाउने गर्थे । उनले प्रेमिकालाई निकै विश्वास गर्ने गर्छन् । तर, वीचमा प्रेमिकाले धोका दिएको र उनैले आफूलाई पक्राएको पारसले सार्वजनिकरुमै गुनासो पोखेका थिए । बैंककमा पारस र कन्निकावीच बेला-बेलामा झगडा परे पनि यो जोडी छुट्टएिको यो पहिलो पटक हो ।

अहिले पारसकी प्रेमिका पारसका साथीहरुसँग पनि सम्पर्कमा छैनन् । पारसले भने अझैसम्म प्रेमिकालाई सम्झन छाडेका छैनन् । भेट्न आउने साथीहरुसँग उनी प्रेमिकाबारे सोधीखोजी गर्छन् ।

स्रोतका अनुसार कन्निका अहिले रुङखाइमा बस्न छाडेकी छिन् । रुङखाइ कन्निकाको पुरानो गाँउ हो ।

कन्निकासँग लागेपछि हिमानीसँग सम्बन्ध बिग्रियो

कन्निकालाई भेटेदेखि नै पारसले हिमानीलाई बिर्सेका हुन् । कन्निकालाई बिर्सन नसकेरै पारस विगतमा काठमाडौमा आउन सकेनन् ।

paras
यतिबेला पारस र हिमानीवीचको सम्बन्ध करिब-करिब टुटिसकेको अवस्थामा छ ।

दुई वर्ष पहिले पारसलाई हुदयाघात हुँदा कन्निकाले नै उनलाई अस्पताल पुर्‍याएकी थिइन् । कन्निकाले नै आफलाई बचाएको पारसले त्यतिखेर बताएका थिए ।

पूर्वयुवराज पारस विगत पाँच वर्षदेखि थाइल्याण्डमा बस्दै आएका छन् । उनी त्यहाँ अहिले लागूऔषधको मुद्दा खेपिरहेका छन् । अदालतमा तारेख गुजारेका पारस गत कात्तिक २९ देखि जेलमा बस्दै आएका छन् । उनको मुद्दा अहिले पनि विचाराधीन छ ।

बैंकक पुगेर पनि हिमानीले भेटिनन्

गत माघ २९ गते पारसलाई भेट्न सहयोगी स्मृति सिहंलाई लिएर पूर्वयुवराज्ञी हिमानी बैंकक गएकी थिइन् । तर, उनले त्यहाा पारसलाई नभेटी आइन् ।

समय नमिलेकाले थाइल्याण्डमा गएका बेलामा पनि हिमानीले पारसलाई नभेटेको बताइन्छ

कोमलको जन्म दिन नजिक पारेर हिमानी त्यता गएकी थिइन् । थाइल्याण्डमा करिव एक हप्ता बसेपछि कोमलको जन्मदिनको अघिल्लो दिन उनी फागुन ६ गते नै काठमाडौ फर्किइन् ।

भेट गर्ने समय नमिलेकाले थाइल्याण्डमा गएका बेलामा पनि हिमानीले पारसलाई नभेटेको बताइन्छ । तर, काठमाडौंका मिडियामा भने हिमानीले पारसलाई भेटेको चर्चा चल्यो ।

स्रोतका अनुसार हिमानीले किनमेल गर्नमै थाइल्याण्डमा समय बिताएकी थिइन् । काठमाडौमा फर्केपछि भने उनले पारसलाई भेट्ने प्रक्रिया मिलाउँदा मिलाउँदै काठमाडौ र्फकनु  परेको सन्देश नातेदारलाई दिइन् ।

पारसलाई भेट्न फेरि थाइल्याण्ड जाने  हिमानीले बताएकी छन् ।

पारस जेल पर्दा निर्मलनिवास ढुक्क

पारसलाई जेलबाट रिहा गर्न उनको परिवारले खासै चासो देखाएको छैन । उनले जेलमा बस्दा गाँजा सेवन गर्न नसक्ने, उनको भौतिक सुरक्षा पनि हुने र काठमाडौबाट पैसा पठाइरहनुपर्ने स्थितिबाट परिवार मुक्त भएको छ ।

परिवाजन र प्रेमिकाबाट एक्लिए पारसलार्इ साथीहरुले भने कहिलेकाँही  भेट्ने गरेका छन्

तर, जेलमा दिएको खानाले पारसलाई हैरानी भएको पारसका साथीहरु बताउँछन् । जेलमा जानेवित्तिकै उनले कपाल काटेका थिए ।

यद्यपि जेलमा बस्न थालेपछि पारसको स्वास्थ्यमा सुधार हुन थाललेको स्रोतको भनाइ छ ।

परिवाजन र प्रेमिकाबाट एक्लिए पनि थाइल्याण्डमा रहेका पारसका साथीहरु भने उनलाई कहिलेकाँही रुङखाइमा गएर भेट्ने गरेका छन् ।

काठमाडौबाट पनि पारसका केही साथीहरु उनलाई भेट्न थाइल्याण्ड जाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment