Comments Add Comment

डा. गोविन्द केसीको अवस्था ‘जोखिमपूर्ण’

Dr-Govinda-Kc

१६ चैत, काठमाडौं । नौ दिनदेखि आमरण अनसनरत शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

डा. केसीलाई उपचारका लागि कुनै पनि बेला सघन उपचार कक्ष (आइसीयु)मा लैजानुपर्ने अवस्था आउन सक्नेसमेत चिकित्सकहरुले बताएका छन् ।

मस्तिष्कमा गुल्कोजको कमीका कारण बेलाबेला केसीको चेतना हराउन थालेको छ भने छाती दुख्ने, मांशपेशी बाउाडिने क्रम पनि बढेको छ ।

केसीको उपचारमा संलग्न प्रा. डा. दिव्यसिंह शाहका अनुसार केसीको पिसावमा एसीटोन, कम रक्तचाप (ब्लड प्रेसर लो), कमजोर मांसपेशी तथा रक्तनली, टाउको दुख्ने जस्ता लक्षणहरु देखिएका छन् । डा. सिंहले भनिन्- ‘उहाँको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा छ । जुनसुकै बेला जे पनि हुन सक्छ ।’

आइइतबार राति डा. केसीलाई ब्राडिकार्डिया (मुटुको चाल सुस्त हुने ) समस्या देखिएको थियो ।

सामान्य मानिसको मुटुको धड्कन प्रतिमिनेट ६० भन्दा कम भयो भने ब्राडिकार्डिया भएको मानिन्छ । तर, केसीको मुटुको चाल ३५ बीपीएमसम्म झरेको र तत्काल औषधि दिएर ठीक पारिएको मेडिकल टीमले जनाएको छ ।

यो पनि पढ्नुस्- आवासिय डाक्टरहरुले मंगलबारबाट बिरामी नहेर्ने

आइसियुमा एउटा शैय्या तयारी अवस्थामा राखिएको छ । तर, डा. केसीले भने आइसीयूमा जान मानेका छैनन् । अघिल्लो अनसनमा पनि डा. केसीले आफू होसमा हुँदासम्म आइसीयूमा सर्न अस्वीकार गर्दै आएका छन् ।

केसीले पानीसमेत पिएका छैनन् । चिकित्सकहरुले नर्मल सलाइन दिएका छन् । केसीले यसबाहेक अतिरिक्त औषधीहरु समेत लिन मानेका छैनन् ।

डा. केसीको रक्तनली कमजोर हुँदा मस्तिष्क, मुटु र मृगौलालाई समेत प्रत्यक्ष असर गर्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । जुनसुकै समयमा यसको असर देखिन सक्छ ।

त्यसैले समय समयमा इसिजीमार्फत मुटु र मस्तिष्क परीक्षण गर्ने गरिएको छ ।

चिकित्सकहरुले डा. केसीलाई कम बोल्न सुझाव दिएका छन् । तर, उनी भने भेट्न आउने नेताहरुलाईर् आफ्नो १० बुँदे अडान राख्दै आएका छन् ।

यो पनि पढ्नुस् 

‘डा. केसीको माग सम्बोधन गर्न सरकार तयार’

प्रचण्डले प्रधानमन्त्रीलाई फोन गरेर भने-तत्काल केसीका माग सम्बोधन गर्नुहोस्

 डा. केसीको अनसनप्रति राप्रपा नेपालको ऐक्यवद्धता

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment