+
+
Shares

गोलबजारका विपन्न परिवारलाई राहत प्रदान

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३ गते १९:३१

३ जेठ, जनकपुरधाम । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले छाक टार्न समस्या भएका सिरहाको गोलबजारका सयजना विपन्न तथा कोरोना संक्रमित परिवारलाई राहत प्रदान गरिएको छ ।

भोर नामक संस्थाले गोलबजार नगरपालिकाको दोहबटिया र जमदह भांगबारी टोल, लहान नगरपालिकाको मनहर्वा र सर्लाहीमा गरी एक सयजना अति विपन्न र कोरोना संक्रमित परिवारलाई एकीकृत खाद्यान्न तथा संरक्षण प्याकेज प्रदान गरेको हो ।

दौतरी–फ्रेन्ड्स अफ फ्युचरको सहकार्यमा सो एकीकृत खाद्यान्न तथा संरक्षण प्याकेज प्रदान गरिएको भोरका अध्यक्ष पचुलाल माझीले बताए ।

प्रतिपरिवार २५ किलो चामल, ५ किलो हरियो तरकारी, २ किलो दाल, १ लिटर खाने तेल, १ किलो आयोडिनयुक्त नून, ४ वटा साबुन, ३० वटा अण्डा, कागती, बेसार र अदुवाको प्याकेट र मास्क प्रदान गरिएको माझीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?