Comments Add Comment

छोराछोरीको बोसो बढ्दैछ ? होसियार

fat childआफ्ना छोराछोरीको जिउ हट्टाकट्टा र मोटो होस् भन्ने धेरै आमाबुवाको चाहना हुन्छ । तर छोराछोरीलाई मोटो बनाउने ध्याउन्नमा अभिभावकहरु आफ्ना सन्तान मोटोपनाबाट पीडित हुँदै गएको कुरा थाहा पाउँदैनन् ।

हालैको एक अनुसन्धानले अभिभावकहरुले आफ्ना सन्तानको मोटोपनालाई नजरअन्दाज गर्नाले बालबालिकाको स्वास्थ्यमाथि खतरा बढिरहेको देखाएको छ ।

बेलायतमा गरिएको एक अध्ययनले छोराछोरीको बढ्दो बोसोप्रति ध्यान नदिने आमाबुवाको प्रवित्तिको खुलासा भएको हो ।

झण्डै ३ हजार परिवारमा गरिएको अध्ययनमा केवल ४ प्रतिशत अभिभावकले मात्र आफ्नो बच्चाको वजन आवश्यकता भन्दा बढि भएको हेक्का राखेको पाइयो ।

हाइजिन एण्ड ट्रपिकल मेडिसिन र ग्रेट अर्मण्ड स्ट्रीट अस्पतालको लण्डन स्कूलको एक टोलीले परिवारहरुमा गएर अभिभावकहरु उनीहरुका बच्चाको वजन बढि छ ? कम छ वा सामान्य छ ? भनी प्रश्न गरेका थिए । त्यस क्रममा एक तिहाइ परिवारले आफ्ना बच्चाबच्चीको वजनका विषयमा ध्यान नै नदिने गरेको पाइएको बीबीसीले उल्लेख गरेको छ ।

शोधकर्ता रसेल वाइनरका अनुसार आधुनिक आमाबुवाहरु बच्चाको मोटोपनाको विषयमा ध्यान नै दिँदैनन् । खासमा आम मानिससको वजन उच्च रुपमा बढ्दै गएको र मोटोपन सामान्य कुराजस्तै बनेको हुँदा अभिभावकले आफ्ना बच्चाबच्ची बढि मोटाएको विषयमा ध्यान नै पूराउन सक्दैनन् ।

यो समस्या समाधानका लागि बच्चाको जन्मदेखि नै आमाबुवाहरुलाई यस विषयमा प्रशिक्षित गर्नुपर्ने उनको कथन छ ।

विद्यालयमा सानो उमेरदेखि नै सक्रिय जिवनशैली र खेलकुद तथा स्वस्थ आहामा ध्यान दिनुपर्ने विज्ञको भनाइ छ । बच्चाका लागि आफ्ना आमाबुवा रोल मोडल हुने अर्थात् बुवाआमाले गरेकै कुरा बच्चाबच्चीले सिक्ने भएकाले यस विषयमा अभिभावकहरुलाई सही जानकारी आवश्यक रहेको रोयल सोसाइटी फर पब्लिक हेल्थका मुख्य कार्यकारी अधिकृत सली क्रेमरको भनाइ छ ।

बालबालिकामा बढिरहेको अधिक मोटोपनाको समस्या क मगर्नका लागि जंक फुडको विज्ञापनमा कडाइ गर्नुपर्ने र जंक फुडमा हुने क्यालोरीका विषयमा उत्पादकले प्रष्ट जानकारी प्रदान गर्नुपर्ने उनको भनाइ छ । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment