Comments Add Comment

सुहाना भन्छिन्–‘म अहिले केही पनि छैन’(भिडियो कुराकानी)

चलचित्र ‘ए मेरो हजुर ३’मा नायिका सुहाना थापालाई निर्देशक झरना थापाले फाइनल गर्दा धेरैले टिप्पणी गरे, ‘छोरीलाई नायक अनमोल केसीको नायिका बनाएर हिट बनाउने दाउमा झरना लागिछन् ।’

सुहाना र अनमोलसँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः

अनमोल केसीलाई फाइनल गरेपछि झरनाले सुहानालाई फोन गरेर चलचित्रमा तिमी पनि छौं है भनेकी रहिछन् । के अनमोल केसीको साहारामा तपाइले सुरक्षित प्रवेशको बाटो खोज्नुभएको हो, अनलाइनखबरको प्रश्नमा सुहानाले भनिन्–‘मलाई कसैले त्यस्तो भन्दा दुःख लाग्दैन । किनकी, चलचित्रमा अनमोल हुनु र मेरो आफ्नै प्रोडक्शन हाउस हुनु मेरा लागि ठूलो कुरा हो ।’ उनले यो ब्रान्ड र यो स्कुलिङले आफूलाई फाइदा हुने समेत स्पष्ट पारिन् ।

सुहाना भन्छिन्–‘अहिले म जे छु अनमोल केसी र मेरो ममी झरना थापाकै नामबाट छु । यो बाहेक अहिले मेरो केही पनि छैन ।’ चलचित्र रिलिज भएपछि झरनाकी छोरी, अनमोलकी हिरोइन भन्ने ट्यागबाट अलग हुनुहुन्छ त भन्ने प्रश्नमा भगवान् कृष्णकी भक्त सुहानाले भनिन्–‘त्यो त भगवान् कृष्ण र दर्शकहरुको हातमा छ । म त केही पनि भन्न सक्दिनँ ।’

सुहानाले आफू वास्तविक जीवनमा पनि अनमोल केसीको फ्यान भएको बताइन् । अनमोल केसीको चलचित्र ‘होस्टेल’ आएपछि नै आफूले नेपाली चलचित्र हेर्न थालेको सुहानाको भनाई थियो । चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई लिएर सुहाना उत्साहित देखिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment