Comments Add Comment

विश्वकप २०११ मेरो जीवनको सर्वोत्कृष्ट क्रिकेटिङ पल : सचिन तेन्दुलकर

२० चैत, काठमाडौं । २०११ अप्रिल २ यो मिति भारतीय क्रिकेटको लागि निकै महत्वपूर्ण र खुशीयाली दिन हो । यही दिन भारतले श्रीलंकालाई ६ विकेटले पराजित गर्दै दोस्रो पटक विश्वकप क्रिकेटको उपाधि आफ्नै भूमिमा जितेको थियो ।

भारत २०११ को विश्वकप जित्दा महत्वपूर्ण भूमिका निभाएका थिए सचिन तेन्दुलकरले । उनकै उत्कृष्ट प्रदर्शनमा भारतले दोस्रो पटक विश्वकप ट्रफि आफ्नै भूमि राख्न सफल भएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भारतले विश्वकप जितेको ८ वर्षपछि त्यही क्रिकेटको बादसाहसँगको छोटो कुराकानी गर्दै भिडियो क्लिब सार्वजनिक गरेको छ । खेलाडी जीवनबाट सन्यास लिइसकेका सचिनले देशलाई विश्वकपको ट्रफि दिलाउँदाको पल सम्झि दै आफ्नो करिअरकै सबैभन्दा उत्कृष्ट क्षण रहेको बताएका छन् ।

‘२०११ सबै भन्दा उत्कृष्ट क्षण हो, मेरो क्रिकेट जीवनको । हो, म भारतीय टिममा डेब्यु गर्दा एकदमै उत्साहित थिए । तर २०११ को जस्तो थिएन ।’ सचिनले भनेका छन्, ‘विश्वकप जित्दा सिंगो देशले खुशी मनाइरहेको थियो । अरबौ मान्छे खुशियाली डुबेका थिए ।’

सचिनले विश्वकप २०११ मा कुल ४८२ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा रहेका थिए । पहिलो स्थानमा भने श्रीलंकाका तिलकरत्ने दिलसान रहेका थिए । दिलसानले ५०० रन बनाएका थिए ।

सचिनले विश्वकपमा दुई शतक र दुई अर्धशतक प्रहार गरेका थिए । उनले इंग्ल्यान्डविरुद्ध शतकसहित १२० रन बनाएका थिए । तर यो खेलमा म्याच टाइ भएपछि दुबै देशले अंक बाडेँका थिए । त्यस्तै, दक्षिण अफ्रिकाविरुद्ध पनि उनले शतकसहित १११ रन बनाएका थिए । तर यो खेलमा भारत दक्षिण अफ्रिकासँग तीन विकेटले पराजित भएको थियो ।

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment