Comments Add Comment

समयमा बनेन ‘भैरहवा-बुटवल’ व्यापारिक सडक (फोटो फिचरसहित)

under construciton of 6 lane road Belhiya-Butwal (3)
सलमान खान
१८ चैत, भैरहवा । भैरहवा-बुटवल औद्योगिक करिडोरमा ६ लेनको सडका निर्माण सुरु भएको दुई वर्ष नाघिसकेको छ । तर, अहिलेसम्म सडक बनाउने काम आधा पनि सकिएको छैन् ।

नेपाल-भारत सिमाना बेलहियादेखि बुटवलसम्मको २४.४० किलोमिटर सडक निर्माणमा ठेकेदारले लापरबाही गरेपछि ढिलाई हुन गएको हो । सडक निर्माण कुछुवा गतिमा भइरहेका कारण सवारी चालक तथा स्थानिय बासिन्दालाई सास्ती खेप्नु परेको छ ।

यस सडकलाई रुपन्देही जिल्लाको मेरुदण्डका रुपमा लिइएको छ । बेलहियादेखी डण्डा पुलसम्मको १५ सय मिटर सडक निर्माणको जिम्मा लामा रायमाझी र सन्तराम जेभीले १४ करोडमा ठेक्का पाएको थियो ।

उक्त सडकखण्ड गत जेठ १५ गते निर्माण सम्पन्न भइसक्नुपर्नेमा अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन् । यो बाटो निर्माण सम्पन्न गर्न गत यही पुस मसान्तसम्म अन्तिम म्याद दिइएको थियो ।

ठेकेदार भरतबहादुर रायमाझीका अनुसार बल्ल ९० प्रतिशत काम सम्पन्न भएको छ । ‘करिब एक वर्ष त काम गर्नै पाइएन, तर अहिले अधिकांश काम सम्पन्न भइसकेको छ’ रायमाझीले अनलाइनखबरसँग भने- ‘सरसफाई तथा बोर्ड राख्ने काम र अन्य स-साना काममात्र बाँकी रहेको छ ।’

under construciton of 6 lane road Belhiya-Butwal (10)

डण्डा पुलदेखि मेडिकल कलेजसम्म जाने करिव साढे ७ सय मिटर बाटो निर्माणको जिम्मा कालिका-तामाङ-पेसिफिक कन्सट्रक्सनले ठेक्का पाएपनि काम अहिलेसम्म शुन्य बराबर रहेको छ ।

मेडिकल कलेजदेखि भैरहवा ब्रमेली टोलसम्म शर्मा दिवा र कञ्चनजंगा जेभीले निर्माण ठेक्का पाएका छन् । करिव २६ सय मिटर सडक ४२ करोड रुपैयाँमा ठेक्का लिएका हुन् । डिसेम्बर २०१४ सम्म निर्माण सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म आधा पनि काम सम्पन्न भएको छैन् ।

भैरहवा बर्मेली टोलदेखि बुटवलसम्म ठेक्का पाएका विभिन्न निर्माण कम्पनीहरुको काम पनि कछुवा गतिमा अगाडि बढिरहेको छ । विभिन्न कारण देखाउँदै उनीहरुले सडक निर्माणमा ढिलाई गरिहेको स्थानिय वासिन्दाको आरोप छ ।

‘पटक पटक भन्दा पनि नमानेको कारण चौराहको फुटपाथ निर्माणको काममा रोकिएको छ’ आयोजनका प्रमुख वीरेन्द्र महासेठले भने- ‘बल प्रयोग गरेर भौतिक संरचना हटाउनु भन्दा जिल्ला प्रशसानमा छलफल भयो भने निश्कर्ष निस्किने विश्वासमा छौं ।’

भैरहवा-बुटवल ६ लेनको व्यापारी मार्ग निर्माणका लागि २ वटा सानो र ५ वटा ठूला गरी ७ वटा कम्पनीले ठेक्का पाएका छन् । सडक निर्माणका क्रममा जताततै निर्माण साम्रगीहरु छरिएर राखिएको छ । ठेकेदार कम्पनीले मन लागेको बेला निर्माणको काम अगाडि बढाउने, मन नलागेको बेला काम नगर्ने गरेको स्थानियहरु बताउँछन् ।

6 lane road Belhiya-Butwal  illustration
निर्माण सम्पन्न भएपछि भैरहवा-बुटवल सडक यस्तो देखिने छ ।

नेपालमा विशेष महत्व राख्ने बेलहिया बुटवल व्यापारिक मार्गका अतिरिक्त नेपालगञ्ज कोहलपुर, रानीटरी इटहरीमा पनि ६ लेनको सडक निर्माण भइरहेको छ । यसका साथै पथलैया विरगञ्जमा पनि ६ लेनको बाटो निर्माण हुने प्रक्रियामा छ ।

विरुवा लगानी, बालुवामा पानी

बेलहियादेखि भैरहवाको देवकोटा चोकसम्म सडक किनारामा लगाइएका विरुवाहरु अहिले मर्न थालेका छन् । लाखौं मुल्य खर्च गरेर सडक निर्माणको ठेक्का पाएको कम्पनीले रोपेका विरुवालाई अहिले सम्बन्धित निकाले वेवास्ता गर्दा विरुवामा गरिएको लगानी बालुवामा पानी झैं भएको छ ।

सडक किनार बाँसको काठले घेरेर लगाइएको विरुवाको बोटमा स्थानियहरुका लागि कपडा सुकाउने राम्रो ठाउँ बन्न पुगेको छ ।

निर्माण कार्य कछुवा गतीमा

सडक निर्माण र विस्तारको लागी दायाँबायाँ ८२ फिटभित्र रहेका सयौं घरहरुले आफ्नो भौतिक संरचना भत्काई सडक विस्तारमा सहयोग पुर्‍याए पनि अपेक्षित गतिमा काम अगाडि नबढेपछि निराश देखिन थालेका छन् ।

buddha chowk

ठेकेदारहरुले अहिले गरिरहेको गतिमा काम अगाडि बढेमा निर्माण सम्पन्न हुन वर्षौं लाग्ने सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद शर्मा बताउँछन् । क्षमता र साधन नभएका ठेकदारले पनि निर्माणको जिम्मा पाएपछि काममा ढिलाई हुन पुगेको उनको ठहर छ ।

ट्राफिक व्यवस्थापानमा समस्या

सडक निर्माणको गति ढिलो हुँदा ट्राफिक व्यवस्थापनमा समेत ठूलो समस्या देखिन थालेको छ । ‘निर्माणधिन सडकबाटै गाडीहरु कुदाउनुपर्दा ट्राफिक व्यवस्थापन गर्न हम्मे-हम्मे परिरहेको छ’ जिल्ला ट्राफिक प्रहरी कार्यलय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक नवराज पोखरेलले गुनासो गरे ।

ठेकेदारले निर्माणाधिन सडकमा संकेत चिन्हहरु राख्ने, र्‍यालिङ बनाउनुे काम पनि नगरेको बताउँदै उनले उल्टै चारैतिर खाल्डाखुल्डी बनाइदिँदा सवारी चलाउन समस्या भइरहेको छ ।

घर बहिर निस्किनै गाहृो

सडक निर्माणको क्रममा धुलो उडेपछि घरबाट बाहिर निस्कन समेत स्थानियहरुलाई गाह्रो भइरहेको छ । ‘घरबाट फ्रेस भएर बाहिर निस्किएको ५ मिनेटमै धुलाम्मे भइन्छ’ स्थानिय राजु क्षेत्रीले भने- ‘यो सडक (मेडिकल कलेजदेखि ब्रमेलीटोल) गत जेठ महिनामै सम्पन्न हुनु पर्ने हो, तर ठेकेदारको लापरवाही कारण अहिले सम्म सम्पन्न हुन सकेको छैन ।’

under construciton of 6 lane road Belhiya-Butwal (14)

नगरपालिका हो कि नरकपालिका ?

शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिीनको मुख्यद्धार मानिने भैरहवाको सिद्धार्थनगर नगरपालिकामा सडक निर्माण भइरहँदा नगरपालिका र नरकपालिकामा खासै फरक नदेखिएको स्थानियहरुको आरोप छ ।

‘लुम्बिनी जाने प्रवेशद्धार बुद्धचोकमा नगरपालिकाको लापरवाहीका कारण अहिले नाक बन्द गरेर हिँड्नुपर्ने अवस्था रहेको छ’ बुद्धचोकका बास्निदा बादशाह खानले भने ।

गुणस्तरहिन साम्रागीको प्रयोग ?

बेलहिया-बुटवल व्यापारिक सडक अन्तरराष्ट्रिय स्तरको बनाउने भनिएपनि निर्माणमा गुणस्तरहिन सामग्री प्रयोग भएको आरोप लाग्ने गरेको छ ।

हरेक सामग्रीको गुणस्तरियता परिक्षण गरेर प्रयोगमा ल्याउनुपर्नेमा त्यसो नगरिएको सडक निर्माणमा खटिएका इञ्जिनियरहरु बताउँछन् ।  राष्ट्रिय महत्व बोकेको सडक निर्माण हुँदा अनुगमन गर्ने निकाय आँखा चिम्लिएर बसेको उनीहरुको आरोप छ ।

devkota chowk under construciton of 6 lane road Belhiya-Butwal (1) under construciton of 6 lane road Belhiya-Butwal (2) under construciton of 6 lane road Belhiya-Butwal (4) under construciton of 6 lane road Belhiya-Butwal (5) under construciton of 6 lane road Belhiya-Butwal (6)  under construciton of 6 lane road Belhiya-Butwal (8) under construciton of 6 lane road Belhiya-Butwal (9) under construciton of 6 lane road Belhiya-Butwal (11) under construciton of 6 lane road Belhiya-Butwal (12) under construciton of 6 lane road Belhiya-Butwal (13)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment