+
+

धुर्मुस र सुन्तलीको टोली नयाँ बर्षको धुम मच्चाउन अमेरिका पुगे

वाशिंगटन डिसी । अमेरिकामा रहेका नेपाली र अन्य नेपाली भाषा समुदायबीच नेपाली कला साहित्य बिबिध संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले २०७२ नयाँ बर्ष धमाका भाग–१ लिएर सीताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली) तथा अन्य कलाकारहरुको साथमा अमेरिका आईपुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २० गते ९:४८

dhurmus-suntali at americaविजय थापा

वाशिंगटन डिसी । अमेरिकामा रहेका नेपाली र अन्य नेपाली भाषा समुदायबीच नेपाली कला साहित्य बिबिध संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले २०७२ नयाँ बर्ष धमाका भाग–१ लिएर सीताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली) तथा अन्य कलाकारहरुको साथमा अमेरिका आईपुगेका छन् ।

सम्पूर्ण कलाकारहरु साथ डिसी महानगर क्षेत्रको बाल्टिमोरस्थित बीएम डब्लु बिमानस्थलमा विहीबार दिउँसो ४ बजे अवतरण गरेका हुन् l सम्पूर्ण कलाकारहरुलाई स्वागतार्थ बिमानस्थलमा वर्ल्ड बिजनेस म्यनाजमेन्ट एन्ड कन्सल्टेन्ट प्रालिका व्यवस्थापक तथा संयोजक बुद्धिप्रसाद रेग्मी पुगेका थिए भने उनीहरुलाई पुष्पगुच्छाद्वारा अमेरिकामा स्वागत गरिएको थियो ।

अमेरिका ओर्लेपछि सीताराम कट्टेल (धुर्मुस) तथा कुन्जना घिमिरे (सुन्तली) ले अमेरिकाको भ्रमण पहिलो भएकोले निकै उत्साहित भएको प्रतिक्रिया दिए । नेपाली समुदायले हामीलाई देखाएको माया, सद्भाव र कलाकारहरुलाई दिएको सम्मानप्रति हामी हर्षित छौ ।

बिदेशी माटोमा नेपाली समुदायसंग भेटघाट गर्न पाउनु र व्यस्त जीवनमा चलेको अमेरिकन दैनिकीमा हाम्रो कार्यक्रम हेर्न नेपाली समुदायले समय व्यवस्था गर्नु भनेको हाम्रो लागि अहोभाग्य भएको सीताराम कट्टेल तथा कुन्जना घिमिरेले विमानस्थलमा प्रफुल्ल मुद्रामा बताए ।

कट्टेलले भने– ‘हामी जुन उद्धेश्यले हामी आएका छौ हामी कुनै कसर छोड्ने छैनौ । मनोरंजन प्रदान गर्नु हाम्रो परम दायित्व हो भन्दै सबै नेपाली समुदाय कार्यक्रम हेर्न आउनु हुनेछ भन्ने विश्वास लागेको छ ।’

२०७२ नयाँ बर्ष धमाका भाग–१ कार्यक्रममा दोहोरी गायक पशुपति शर्मा र गायिका संगीता थापामगरले दोहोरी गायन प्रस्तुत गर्ने छन् भने सीताराम कट्टेल (धुर्मुस )तथा कुन्जना घिमिरे (सुन्तली) को जोडीले आफ्नो बिबिध प्रतिभा देखाउने भएका छन् ।

कुन्जना घिमिरेले बिभिन्न प्रकारका गीतमा नृत्य समेत प्रस्तुत गर्नेछिन् भने कार्यक्रमको लागिसँगै अमेरिका आएका चर्चित गायक प्रमोद खरेलले आधुनिक तथा गजलगायन प्रस्तुत गर्नेछन् ।

उनीहरूको पहिलो कार्यक्रम शनिवार भर्जिनियाको नोवा कलेजमा सामुदायिक समूहको आयोजनामा हुनेछ l कार्यक्रम बोस्टन, हुस्टन, डलास, अस्टिन, न्युयोर्क, सिकागो , नेब्रास्का, बाल्टिमोर, नर्थ क्यारोलिना, कोलोराडो, सन् फ्रान्सिस्को, सेन्ट लुईस, पोर्टल्याण्ड, सियाटल, लस एन्जेलस लगायत करिब दुई दर्जन भन्दा बढी कार्यक्रमहरु बिभिन्न शहरहरुमा प्रस्तुत गरिने जनाइएको छ ।

कलाकारहरु करिब सवा दुई महिनासम्म अमेरिकामा रहने भएका छन् l कार्यक्रम गर्नुको अर्को उद्धेश्य भुटान, भारत तथा बर्माबाट अमेरिका आईपुगेका तथा अमेरिकामा जन्मे हुर्केका नयाँ नेपाली भावी पुस्तालाई मौलिक नेपाली सभ्यता र संस्कृतिको जानकारी गराउने भएको वर्ल्ड बिजनेस म्यानाजमेन्ट एंड कन्सल्टेन्ट प्रालिका व्यवस्थापक तथा कार्यक्रमका संयोजक बुद्धिप्रसाद रेग्मीले बताए ।

कार्यक्रमबाट संचित रकम नेपाल फर्केपछि नेपालस्थित अनाथालयहरुको सहयोग गरिने कार्यक्रमका संयोजक रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?