+
+

हुवावेले ल्यायो जीएसएम र सीडीएमए सीम लाग्ने स्मार्टफोन

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २० गते १०:४०

Huawei-C8816D-final

२० चैत, काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता हुवावेले जीएसएम र सीडीएमए सीम प्रयोग गर्न मिल्ने स्मार्टफोन बजारमा ल्याएको छ । नयाँ स्मार्टफोन नेपाली बजार सुहाउँदो रहेको कम्पनीको दाबी छ ।

स्मार्टफोनमा ५ इन्चको डिस्प्ले र १ जीबी र्‍याम रहेको छ । ४ जीबी आन्तरिक मेमोरी रहेको स्मार्टफोनमा माइक्रो एसडी कार्डमार्फत मेमोरी बढाउन सकिन्छ । यसमा १.२ गीगाहर्ज क्वार्डकोर प्रोसेसर रहेको छ ।

एन्ड्रोइड किटक्याट ४.३ भर्सनमा चल्ने यो स्मार्टफो नेपाली ग्राहकमाझ लोकपि्रय बन्ने कम्पनीको विश्वास छ । स्मार्टफोनको पछाडि ८ मेगापिक्सेल र अगाडि २ मेगापिक्सेल क्यामो रहेको छ ।

नेपालको भौगोलिक विविधतालाई मध्यनजर गरेर सीडीएमए नेटवर्क भएको स्थानमा सीडीएमए चलाउन सकिने र दुबै नेटवर्क उपलब्ध भएको स्थानमा दुबै नेटवर्कबाट कुराकानी गर्न सकिने छ ।

टेलि टू प्रालिका निर्देशक रोशन विष्टले जिएसएम र सिडिएम दुवै नेटवर्क प्रयोग गर्न सकिने स्मार्टफोन मध्येमा हुवावेको नयाँ स्मार्टफोन अब्बल रहेको बताए ।

स्मार्टफोनमा वाईफाई, ब्लूटूथ, ग्राभिटी सेन्सरलगायतका फिचरहरु पनि रहेका छन् । थ्रीजी सपोर्ट गर्ने यो स्मार्टफोनमा इभिडियो पनि प्रयोग गर्न सकिन्छ । यसमा २००० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।

नयाँ स्मार्टफोनको नेपाली बजारमा १६ हजार ५ सय रुपैयाँ तोकिएको छ । बजारमा सेतो र कालो रङमा उपलब्ध हुने स्मार्टफोनको खरिदमा कभर र स्टिकर निशुल्क उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?