+
+

कलाकार मोटाउँदा निर्मातलाई टेन्सन, आर्यनपछि घट्ने पालो शिल्पाको

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २० गते ११:१२

shilpa-and-chabi
नेपाली चलचित्रका कलाकारले आफ्नो फिगर मेन्टेन नगर्दा निर्मातालाई समस्या हुन थालेको छ । चलचित्र ‘क्लासिक’को छायांकन आर्यनको फिगरका कारण २ महिना पछि सर्‍यो । आर्यनको शरीर भद्दा भएपछि निर्माता सुवास गिरीले वाध्य भएर चलचित्रको छायांकन पछाडि सारेका हुन् ।

अब, यस्तै समस्या निर्माता छविराज ओझालाई पनि परेको छ । छविको नयाँ चलचित्र ‘किस्मत २’को छायांकन वैशाख २ गतेबाट सुरु गर्ने तयारी थियो । तर, क्यारेक्टर अनुसार नायिका शिल्पा पोख्रेलको फिगर फिट नभएपछि उनलाई घट्न भनिएको छ । शिल्पाले अब ७ केजीसम्म घट्नुपर्नेछ ।

यसका लागि शिल्पाले व्यायम पनि सुरु गरिसकेकी छिन् । चलचित्रको छायांकन अब वैशाख २ गतेबाट सुरु नहुने भएको छ । निर्देशक श्याम भट्टराई एक सेमिनारका लागि एक सातापछि अमेरिका उड्न लागेका छन् । जसका कारण पनि चलचित्रको छायांकन वैशाख १५ मा सारिएको श्यामले बताए ।

अनी, तपाई अमेरिकाबाट फर्कनुहुन्छ त भन्ने प्रश्नमा श्यामले आफू सतप्रतिशत र्फकने बताए । आफू अमेरिकाबाट २ सातामा फर्कने र त्यसपछि चलचित्रको छायांकन सुरु गर्ने श्यामले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?