
हाँस्य कलाकार विल्सन विक्रम राईले केही दिन अगाडि ताप्लेजुङको ‘तोक्मे’ डाँडामा भएको आगालागीबाट पीडित बनेका स्थानियहरुलाई नगद सहयोग गरेका छन् । आगालागी हुँदा ४४ घरका १२० जना व्यक्तिहरु घर बिहिन भएका थिए । ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङको तोक्मेडाडा नगरपालिकाको बिचबाट भएको आगालागीबाट ४४ घरका वासिन्दा घर बिहिन भएका थिए ।
कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ले २६ हजार नगद सहयोग गर्दै गाउँलेहरु रुदा आफू हाँस्न नसक्ने बताए । अष्ट्रेलियाको भ्रमण सकेर सिक्मिमा कार्यक्रम गरेर काठमाण्डौ फर्कदा उनले भद्रपुर विमानस्थलमा यो कुराको जानकारी पाएको बताए । उनले त्यसपश्चात आफूले सकेको रकम सहयोग गरेको बताए ।
विल्सनले अनलाइनखबरसँग भने-‘नेपालीको मन दुख्दा कोही पनि खुशी हुन सक्दैन । यसैले आफूले सकेको सहयोग गरेको हुँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4