+
+

बिश्वका उत्कृष्ट स्मार्टफोनः ‘आइफोन सिक्स प्लस’ पहिलो नम्बरमा

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २२ गते ९:५२

बिगत केही महिनायता सवैजसो मुख्य मोबाइल फोन उत्पादक कम्पनीहरुले आफ्ना नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरिरहेका छन् ।

एप्पल, सामसुङ, एलजी, एचटीसी, मोटोराला, ब्ल्याकबेरी लगायतका चर्चित ब्राण्डले नयाँनयाँ फिचरसहितका फोनहरु बजारमा ल्याए । खासगरि एन्ड्रोइडका फ्यानहरुलाई यो महिना खुसीको महिना हो । किनभने अपि्रलदेखि सामसुङ ग्यालेक्सी एस सिक्स, सिक्स इज र एचटीसी वन एम ९, स्मार्टफोन बजारमा आए ।

त्यसबाहेक एप्पलको आइफोन सिक्स र सिक्स प्लस, मोटोरालाको मोटो एक्स र वनप्लस लगायतका स्मार्टफोनको दबदबा पनि उस्तै छ । उनीहरुले उपलब्ध गराएका सुबिधा र मूल्यका आधारमा कुन स्मार्टफोन उत्कृष्ट हो ?

प्रबिधि बिज्ञहरुले गरेको समिक्षा, फोन सेटमा उपलब्ध गराइएका सफ्टवेयर, हार्डवेयर, डिजाइन र मूल्यका आधारमा बिजनेस इनसाइडरले यो महिनाका बिश्वका उत्कृष्ट स्मार्टफोनको सूची तयार पारेको छ ।

iphone 6 plus

१. आइफोन सिक्स प्लस

५.५ इन्च स्त्रिmन साइजको एप्पल आइफोन सिक्स प्लसले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै बिश्वको उत्कृष्ट स्मार्टफोन बनेको छ । अन्य आइफोनका तुलनामा धेरै ब्याट्री टिक्ने यो फ्याबलेट प्रतिस्पर्धीहरुभन्दा डिजाइनमा आर्कषक छ । यदि तपाई आइफोन सिक्स र आइफोन सिक्स प्लसमध्ये कुन किन्ने भन्ने दुबिधामा हुनुहुन्छ भने ढुक्कले आइफोन सिक्स प्लसलाई रोज्नुभए हुन्छ ।

iphone_6-1

२. आइफोन सिक्स

यदि तपाईलाई हातमा लिन मुस्किल पर्ने ठूलो साइजको फोन मन पर्दैन भने तपाईले निःसन्देह आइफोन सिक्स रोज्नुहोस् । यदि तपाई विन्डोज वा एन्ड्रोइड अपरेटिङ सिस्टमको फ्यान हैन भने आइफोन सिक्स नै तपाईका लागि सवैभन्दा उपयुक्त फोन हो ।

आइफोन ५ एसमा ४ इन्च स्क्रिन रहेको आइफोन सिक्समा स्क्रिन साइज बढाएर ४.७ बनाइएको छ । स्क्रिन केही ठूलो बनेको छ भने डिजाइन निकै आर्कषक छ ।

Samsung-gyalexy-s6-2

३. सामसुङ ग्यालेक्सी एस सिक्स

केही दिनमै नेपाली बजारमा समेत बिक्रि सुरु हुन लागेको सामसुङ ग्यालेक्सी एस सिक्स सामसुङले अहिलेसम्म बनाएकामध्ये सवैभन्दा उत्कृष्ट स्मार्टफोन हो । बजारमा उपलब्ध एन्ड्रोइड फोनमध्ये पनि यो नै सवैभन्दा उत्तम फोन हो ।

सामसुङको पहिलो मेटल स्त्रिmनयुक्त डिजाइनमा आएको यो फोनमा अहिलेसम्मकै उत्कृष्ट क्यामेरा र स्त्रिmन ग्लास प्रयोग गरिएको छ ।

४. सामसुङ ग्यालेक्सी एस ६ इज

4-samsung-galaxy-s6-edge

सामसुङले अपि्रल १० देखि बिक्रि सुरु गर्न लागेको ग्यालेक्सी एस ६ इजले प्रबिधि समिक्षकको निकै मन जितेको छ । ग्यालेक्सी एस सिक्समा जस्तै यसमा पनि मेटल कभर, उत्कृष्ट डिजाइन र ग्लासको प्रयोग गरिएको छ । त्यसबाहेक सिक्स इजमा एउटा कर्भ स्क्रिन छ जसले मुख्य स्त्रिmन अफ भएका बेला पनि काम गर्छ । समिक्षकले यसको डिजाइनलाई धेरै मन पराएका छन् ।

nod 4

५. सामसुङ ग्यालेक्सी नोट ४

सामसुङ ग्यालेक्सी नोट ४ बजारमा उपलब्ध एन्ड्रोइड फ्याबलेटमध्ये सवैभन्दा उत्कृष्ट हो । ५.७ इन्च स्क्रिनयुक्त नोट ४ मा एस पेन, उत्कृष्ट स्त्रिmन र चौघेरामा मेटल कभर भएका कारण निकै आर्कषक देखिन्छ । यदि तपाई फ्याबलेट शौखिन हो भने पहिलो नम्मबरमा नोट४ लाई राख्नु उत्तम हुन्छ ।

6-htc-one-m9

६. एचटीसी वन एम ९
ताइवानी फोन निर्माता एचटीसीले हालै सार्वजनिक गरेको वान एम ९ स्मार्टफोन ५ इन्च स्क्रिनयुक्त छ । हातमा लिँदा निकै सहज लाग्छ, न ठूलो न सानो ।

एचटीसीका अघिल्ला फोनमा केही सुधार गरेर एम ९ सार्वजनिक गरिएको छ । पहिलेभन्दा पातलो, हल्का र क्यामेराको गुणतस्तरमा समेत बृद्धि गरिएको छ । यसको सबैभन्दा राम्रो पक्ष एक बर्षभित्र फोन भाँचियो भने कम्पनीले रिप्लेस गरिदिन्छ ।

7-moto-x

७. मोटो एक्स

मोटोरोला कम्पनीले उत्पादन गरेको ५.२ इन्च स्क्रिनयुक्त ‘मोटो एक्स’ निकै आर्कषक देखिन्छ । एन्ड्रोइडको क्लिन भर्सन प्रयोग गरेका कारण फोन चलाउन निकै गतिशिल लाग्छ र नयाँ भर्सन अपडेटमा पनि छिटो छ । सेप्टेम्बरमा सार्वजनिक भएको यो फोन उत्कृष्ट एन्ड्रोइड फोनको प्रतिस्पर्धामा छ ।

8-oneplus-one

८. वन प्लस वन

चिनियाँ स्टार्टअप कम्पनी वनप्लसले निर्माण गरेको वनप्लस वन मोडलको एन्ड्रोइड फोन बजारमा आएको केही समयमै निकै लोकप्रिय भएको छ । ५.५ इन्च स्क्रिनयुक्त फोन सामसुङ ग्यालेक्सी एस ५ जतिकै उत्कृष्ट छ तर, मूल्य भने जम्मा ३ सय अमेरिकी डलर । जहाँ कि यही क्षमताका अन्य एन्ड्रोइड फोन ६५० अमेरिकी डलरभन्दा कममा पाउन सकिदैन् । छोटो समयमै फोन यति लोकपि्रय भइरहेको छ कि कम्पनीले पर्याप्त आपूर्ति गर्न नै सकेको छैन् ।

9-nexus-6

९. नेक्सस ६

गुगलको सवैभन्दा पछिल्लो एन्ड्रोइड फोन हो नेक्सस ६ जसको स्क्रिन साइज ६ इन्च नै रहेको छ । साइजका हिसावले आइफोन सिक्स प्लस र सामसुङ नोट ४ भन्दा पनि ठूलो छ यो फोन । मोटोरोलाले निर्माण गरेको यो फोन ललिपप भर्सन प्रयोग गर्ने पहिलो फोन हो ।

10-lg-g3

१०. एलजी जी ३

कोरियाली स्मार्टफोन उत्पादक एलजीले पछिल्लोपटक बजारमा ल्याएको जी ३ मोडलको फोनमा अहिलेसम्मकै सवैभन्दा सार्प स्त्रिmन प्रयोग गरिएको छ । ५.५ इन्च स्त्रिmनयुक्त यो फोन स्टाण्डर्ड स्मार्टफोनभन्दा भिन्न फ्याबलेटजस्तै महसुस हुन्छ । एलजीले यही अपि्रल महिनामा जी ४ मोडलको नयाँ स्मार्टफोन घोषणा गर्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?