+
+

मेडिकल काउन्सिलका अध्यक्ष गौतमद्वारा राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २२ गते १७:११

२२ चैत, काठमाडौं । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. जागेश्वर गौतमले राजीनामा दिएका छन् ।

Jageshwar-Gautamगौतम गत कात्तिक २६ गते काउन्सिलको अध्यक्ष नियुक्त भएका थिए ।

शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीसँग भएको ११ बुँदे सहमति कार्यान्वयनका क्रममा गौतमको राजीनामा आएको बताइएको छ ।

डा. केसीले आमरण अनसनका क्रममा त्रिविका साथै काठमाडौं विश्वविद्यालय र मेडिकल काउन्सिलका पदाधिकारीलाई बर्खास्त गर्नु पर्ने माग राखेका थिए ।

१२ दिन लामो अनसनपछि भएको भएको सहमति अनुसार सरकारले हालै मात्र उच्चस्तरीय छानविन समिति गठन गरेको छ ।

गौतमले आफ्नो राजीनामाबारे मुख्य सचिव लिलामणि पौडेललाई समेत जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?