Comments Add Comment

५२ हजार स्वास्थ्य सेविकालाई टेलिकमको निःशुल्क सिम

Buddhi-Prasad-Acharaya

२४ चैत, काठमाडौं । नेपाल टेलिकमले देशभरका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई निःशुल्क सिमकार्ड र रिमकार्ड उपलब्ध गराउने भएको छ । यस विषयमा सोमबार टेलिकम र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र स्वास्थ्य मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठले संयुक्त हस्ताक्षर गरे ।

हिमाली तथा पहाडी क्षेत्रका ३७ जिल्लामा कार्यरत २० हजार सामुदायिक महिला स्वास्थ्य स्वया सेविकालाई सय रुपैयाँ टक भ्यालु भएको २० हजार थान सिमकार्ड वा रिमकार्ड वितरण गर्ने काम भइरहेको छ ।

यस कार्यलाई ७५ वटै जिल्लामा विस्तार गरी बाँकी ३८ जिल्लाका करिव ३२ हजार स्वयम सेविकालाई सिम तथा रिमकार्ड वितरण गर्नेगरी सोमबार सम्झौता भएको टेलिकमले जनाएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक आचार्यले कम्पनीको सानो सहयोगले ग्रामीण क्षेत्रका सर्वसाधारणको स्वास्थ्यमा ठूलो योगदान पुग्ने आशा व्यक्त गरे । भविष्यमा अन्य क्षेत्रसमेत पहिचान गरी मन्त्रालय र टेलिकमका बीचमा समन्वय गरेर थप काम गर्न इच्छुक रहेको उनको भनाई थियो ।

देशभरका सम्पुर्ण ५२ हजार महिला स्वास्थ्य स्वयम सेविकालाई निःशुल्क रुपमा टेलिकमको सिम वा रिमकार्ड वितरण गरिने छ । सेवाग्राहीहरुलाई स्वास्थ्य सम्बन्धी विभिन्न सेवा प्रदान गर्नका लागि यी सिम वा रिमकार्डको प्रयोग गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment