+
+

बन्द हड्ताल जारी राखे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २४ गते १८:१५

Home_ministry_nepal

२४ चैत, काठमाडौं । सरकारले आन्दोलनका नाममा बन्द हड्ताल तथा तोडफोड गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

३० दलीय मोर्चाले आहृवान गरेको बन्दका क्रममा झडपको स्थिति नआओस् भनेर सतर्कता अपनाएको कारण मंगलबार कुनै अप्रिय घटना हुन नपाएको गृह मन्त्रालयले जनाएको छ ।

आन्दोलनका नाममा जवर्जस्ती बन्द गराउने, सरकारी सम्पत्तिमा हानी नोक्सानी पुर्‍याउने, जनजीवन अस्तव्यस्त बनाउने जस्ता गतिविधिहरु गैर कानुनी भएको भन्दै गृह मन्त्रालयले यस्ता गतिविधि नगर्न आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ-‘यस्ता गतिविधिहरुको पुनरावृत्ति भएमा कानून बमोजिम हदैसम्मको कारबाही हुनेछ ।’

गाडी चलाउनुस्, सुरक्षा खतरा भए भन्नुस्

सरकारले सुरक्षा दिने भन्दै उद्योग खोल्न र यातायातका साधानहरु चलाउन आग्रह गरेको छ ।

सुरक्षा निकायहरुबीच आपसी समन्वय गरी सुरक्षाहरु सघन रुपले परिचालन गरिएको र सुरक्षा स्थिति सुदृढ रहेको बताएको छ । मन्त्रालयले भनेको छ-‘कहिँ कतै सुरक्षा खतरा भए नजिकको प्रहरी युनिटमा खबर गर्न गहृ मन्त्रालय सबैलाई अपिल गदर्छ ।’

मन्त्रालयका अनुसार मंगलबार बन्दका क्रममा देशभर १७ बटा सवारी साधनमा तोडफोड भएको छ भने तीन वटामा आगजनी भएको छ । बन्दकर्ताले मेच नगरपालिकाको कार्यालय र मादपोल कार्यालय दमकमा प्रवेश गरी सरकारी सम्पत्तिमा क्षति पुर्‍याएका छन् ।

जवजस्र्ती बन्द गराउँदै हिँठ्ने तथा सवारी साधानमा तोडफोड र आगजनी गर्ने ५० जना पक्राउ परेेको गृहले जनाएको छ ।

Home-Ministry-Statrement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?